Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय सूचना आयोगद्वारा नेपाल खुला विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष पोखरेललाई पाँच हजार जरिवाना आदेश


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १३ २०७७
  • 3.1K
    SHARES

काठमाडौं,/ राष्ट्रिय सूचना आयोगले नेपाल खुला विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष राजकुमार पोखरेललाई पाँच हजार जरिवानाको आदेश गरेको छ ।आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली र रत्नप्रसाद मैनालीसहित आयोगको सोमबार बसेको इजलासले अध्यक्ष पोखरेलले सूचना नदिएको जनाउँदै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ ९१० बमोजिम सो आदेश गरेको हो । सो दफाको सजाय तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्थामा सूचना नदिने प्रमुख वा सूचना अधिकारीलाई रु एक हजारदेखि पच्चीस हजारसम्म जरिवाना हुने, विभागीय कारवाहीको लागि सम्बन्धित निकायमा लेखि पठाउने, सूचना दिन ढिलाइ गरे प्रति दिन रु दुई सयको दरले निजलाई जरिवाना हुनेछ भन्ने लगायतको प्रावधान रहेको छ ।

सिन्धुपाल्चोका रामप्रसाद दाहालले दिनुभएको पुनरावेदनको आधारमा सो निर्णय गरेको आयोगका सूचना अधिकारी विश्वबन्धु पौडेलले जानकारी दिनुभयो । दाहालले विसं २०७६ असारमा खुला विश्वविद्यालयले शिक्षण तर्फको (करार) पदपूर्ति अन्तर्गत विकास व्यवस्थापन तथा प्रशासन विषयको उपप्राध्यापकको पदमा दिएको परीक्षाको उत्तरपुस्तिकाको प्रमाणित प्रतिलिपी माग समेत गर्नुभएको थियो । ऐनले तोकेको समयसीमा पनि सूचना नपाएपछि दाहालले कार्यालय प्रमुख हुँदै आयोगमा पुनरावेदन दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४