Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज नेप्से १७ दशमलव ७९ अङ्कले ओरोलो लाग्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १३ २०७७
  • 3.6K
    SHARES

काठमाडौं,/ आज साताको तेस्रो दिन सेयर बजार परिसूचक नेप्से ओरोला लागेको छ ।केही दिनयता लगातार उकालो लागेको शेयर बजार मङ्गलबार भने १७ दशमलव ७९ अङ्कले ओरोलो लागेको हो । आज नेप्से १७ दशमलव ७९ अङ्कले घटेर २४ सय २३ दशमलव शून्य नौ विन्दुमा झरेको छ ।

आज व्यापार समूहको शेयर ९२ अङ्कले, विकास बैंकको २९ अङ्कले, बैंकको झण्डै सात अङ्कले, जलविद्युतको २७, निर्जीवन बीमाको ९८, उत्पादनको ४१, अन्यको २६, माइक्रो फाइनान्सको ५९ र जीवन बीमा समूहको शेयर ४१ अङ्कले घटेको छ ।

आज दुई सय सात कम्पनीका एक करोड ९६ लाख ६ हजार कित्ता शेयर आठ अर्ब २७ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको एक अर्ब ४५ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज आठ वटा कम्पनीका शेयरधनीले चार प्रतिशतभन्दा धेरै गुमाएका छन् । तर गुराँस लघुवित्त, युनाइटेड फाइनान्स र प्रभु इन्स्योरेन्सका शेयरधनीले भने नौ प्रतिशतभन्दा बढी कमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४