Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिक्किम क्षेत्रमा चीन र भारतका सैनिकबीच फेरि झडप, २० चिनियाँ र ४ भारतीय सैनिक घाइते !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १२ २०७७
  • 3K
    SHARES

एजेन्सी,/  चीन र भारतका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झडप भएको हो । झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

इन्डिया टुडेलेका अनुसार चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोक्दा झडप भएको हो । यस विषयमा भारत र चीन दुवैले औपचारिक रुपमा केही जानकारी गराएका छैनन् ।

पछिल्लो समय सीमामा स्थिति नियन्त्रणमा लिन दुबै देशले सैन्य तथा कूटनीतिक स्तरका वार्तालाई जारी राखेका बेला नाकु लाको घटना भएको हो । आइतबार मात्र भारत र चीनका सेनाबीच नवौं चरणको वार्ता भएको थियो ।

यसअघि सन २०२० मेमा पनि नाकुला क्षेत्रमा चीन र भारतको सैनिकबीच हात हालाहाल भएको थियो । त्यसबेला सात चिनियाँ र चार भारतीय सैनिक घाइते भएका थिए ।

पछिल्लो समय सीमा क्षेत्रमा दुई देशका सैनिकबीच ठाउँ-ठाउँमा झडपका घटना भइरहन्छन् । गत असारमा भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन सकेको छैन । पूर्वको अरूणाञ्चलदेखि पश्चिममा आस्काई चीनसम्म दुई देशले आ-आफ्नो दाबी गरेपछि संसारका दुई विशाल जनसंख्या भएका यी मुलुकको सीमाना विवाद नटुंगिएको हो ।

सीमाका विषयमा भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो । सन् २०१७ मा पनि चीनले उक्त सीमावर्ती क्षेत्रमा बाटो विस्तार गर्न सुरु गरेपछि दुई देशबीच समस्या उत्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४