Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेरि तोडियो गोविन्द केसीसँगको सहमति, ८ लाख शुल्क बढाउन सिफारिस


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १० २०७७
  • 2.2K
    SHARES

काठमाडौं । चिकित्सा शिक्षामा क्रमशः शुल्क घटाउँदै निःशुल्क गर्ने सरकारको सहमति विपरित चिकित्सा शिक्षा आयोगले एमबीबीएस शुल्क आठ लाख रुपैयाँ बढाउन सिफारिस गरेको छ ।

आयोगले शनिबार शैक्षिक सत्र २०७७/०७८ मा एमबीबीएस कार्यक्रमको लागि आठ लाख रुपैयाँ बढाउनुपर्ने प्रस्ताव पेश गरेको हो । आयोगको शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउँदै ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धि गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको छ ।

शनिबार आयोगको पाँचौं बैठकमा सिफारिस समितिले शुल्क बढाउन प्रस्ताव राखेको शिक्षा मन्त्रालयले जनाएको छ । चिकित्सा शिक्षामा शुल्क क्रमशः घटाउँदै लगेर निःशुल्क गर्नुपर्ने चिकित्सा शिक्षा ऐनको मर्म हो । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले सत्याग्रहका बेला यस्तो सहमति गरेको छ ।

समितिले १७ विषयमध्ये अधिकांशमा शुल्क बढाउन सिफारिस गरेको छ । समितिले बिडिएस, एमडीएमएस, एमडीएस साइन्स, एमडी आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजीमा शुल्क बढाउन सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४