Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पथलैया-अमलेखगञ्ज सडक खण्डबाट १ पुरुषलाई बाघले तानेर लग्याे, खोजी कार्यमा ४ हात्ती प्रयाेग


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १० २०७७
  • 3.5K
    SHARES

बारा/ पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया-अमलेखगञ्ज सडक खण्डबाट शनिबार बिहान बाघले एक पुरुषलाई आक्रमण गरि जङ्गल तर्फ लगेको आशंकामा खोजी सुरु भएको निकुञ्जले जनाएको छ ।

अमलेखगञ्जबाट करिब १ किलोमीटर दक्षिण तर्फको जंगलबाट बाघले अन्दाजी ४५ वर्षीय पुरुषलाई लगेको आशंकामा अहिले निकुञ्जले ४ वटा हात्तीको प्रयोग गरि खोजी शुरु गरेको निकुञ्जका प्रवक्ता रमेश यादबले जानकारी दिए ।

सडकमा हिडिरहेका पुरुष पिसाब फेर्न भन्दै नजिकैको जंगल पसेका थिए। जंगल पसेको केही बेरमै ठुलो आवाजमा ति पुरुष चिच्याएपछि नजिकै रहेकी अर्की महिलाले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीको टोलीले ती पुरुषलाई फेला पार्न नसकेपछि बाघले लगेको आशंका गरिएको हो ।

‘जंगलभित्रबाट ठुलो आवाज आएपछि महिला भाग्दै प्रहरीलाई आएर जानकारी गराएको अवस्था छ,’ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले भने ।
निकुञ्जको हात्तीमा सेना, प्रहरीको टोलीले पुरुषको खोजी सुरु गरेको छ। पुरुषको पहिचान हुन सकेको छैन ।

केही समयअघि सोही सडक खण्डमा कारको ठक्करबाट एक बाघको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४