Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा माघ ४ यता वकालतनामा दिएका वकिल अस्वीकृत


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १० २०७७
  • 6.2K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा बहसका लागि माघ ४ गतेपछि वकालतनामा दिएका कानुन व्यवसायीलाई बहस गर्नबाट रोकिएको छ । बिहीबार संवैधानिक इजलासमा रिट निवेदक ज्ञानेन्द्रराज आरणका तर्फबाट बहसका लागि आएका अधिवक्ता वसन्त रिमाललाई बहस गर्नबाट रोकिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले रिमाललाई बहस गर्नबाट रोक्दै माघ ४ गतेपछि आएका वकालतनामालाई अस्वीकार गरिएको जानकारी दिएका थिए । योसँगै प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा माघ ४ अघि वकालतनामा बुझाएका कानुन व्यवसायीले मात्र बहस गर्न पाउने भएका छन् ।

मुद्दा ‘हेर्दाहेर्दै’ मा

यसैबीच प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाई बिहीबार ‘हेर्दाहेर्दै’ मा टुंगिएको छ । रिटका सम्बन्धमा शुक्रबार पुनः सुनुवाइ हुनेछ । बिहीबार रिट निवेदक समृत खरेल, सुलभ खरेल, ज्ञानेन्द्रराज आरणले बहस गरेका थिए । यसैगरी वरिष्ठ अधिवक्ता प्रा. गुणनिधि न्यौपाने, अधिवक्ता ठगेन्द्र गिरी, ओमप्रकाश अर्याल र टिकाराम भट्टराईले पनि बिहीबार बहस गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४