Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रोयल्टीको व्यवस्थापन गर्न सके नयाँ पुस्ताका कलाकारको भविष्य सुनिश्चित हुने छ : राज्यमन्त्री मानन्धर


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ८ २०७७
  • 2.1K
    SHARES

काठमाडौं,/  शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नयाँ पुस्ताका कलाकारको भविष्य सुनिश्चितताको लागि रोयल्टीको व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।

स्वरकिन्नरी तारादेवीको स्मृतिमा गर्न लागिएको कार्यक्रमबारे जानकारी दिन बिहीबार आयोजित कार्यक्रममा राज्यमन्त्री मानन्धरले रोयल्टीको व्यवस्थापन गर्न सके नयाँ पुस्ताका कलाकारहरुको भविष्य सुनिश्चित हुने बताउनुभयो ।

उहाँले अग्रज श्रष्टाको नाममा रहेका विभिन्न फाउन्डेशनहरुलाई मर्ज गर्दै रोयल्टी व्यवस्थापन गर्ने आफ्नो अभियान रहेको उल्लेख गर्नुभयो ।

तारादेवीको १५ औँ स्मृतिको अवसर पारेर शुक्रबार तारादेवी स्मृति फाउण्डेशनको आयोजनामा सम्झनामा तारादेवी तथा सम्मान कार्यक्रम गरिने भएको छ ।

कार्यक्रममा अग्रज तथा अनुज गायक–गायिकाबट तारादेवीले गाउनुभएका एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरिने फाउन्डेशनका कोषाध्यक्ष रमेश थापाले जानकारी दिनुभयो ।

गायिका तारादेवीको गितहरुको संरक्षण र प्रवद्र्धन गर्दै नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले वि.सं. २०७५ सालमा तारादेवी स्मृति फाउन्डेशन स्थापना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४