Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतीय रक्षामन्त्रीले भने, ‘नेपाल हाम्रो भाई हो रिसाए पनि फकाउँछौं’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ६ २०७७
  • 10K
    SHARES

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेट नदिएको भनेर भारतको चर्को आलोचना भइराख्दा भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको प्रगाढ सम्बन्ध रहेको बताउनुभएको छ ।

नेपालले जे भनेपनि छिमेकीका साथसाथै नेपाल आफ्नो छोटा भाइ भएको प्रतिक्रिया दिँदै सिंहले नेपालसँग शत्रुताको कुरा कल्पना गर्नै नसक्ने बताउनुभयो । भारतीय टेलिभिजन आजतकमा पत्रकार प्रभु चावलासँगको अन्तर्वार्तामा मन्त्री सिंहले आफ्नो भाई केही कुरामा रिसाएपनि त्यसलाई बसेर फकाउने बताउनुभयो ।

सिंहले भन्नुभयो, ‘नेपाल र भारतबीच सांस्कृतिक र सामाजिक सम्बन्ध भएकोले नेपालसँग कुनैपनि विषयमा झगडा गर्नै सकिदैन् ।’ नेपाल र भारतबीच रोटी बेटीको सम्बन्ध भएकाले त्यसलाई टुट्न नदिने उहाँले बताउनुभयो । नेपालको जमिनमा सडक बनाएको कुरामा स्टेटमेण्ट आएको कुरामा पत्रकार चावलाले प्रश्न गर्दा सिंहले नेपाल र भारत भाइ भाई भएको र भाई भाईबीच जग्गा केही मिचामिच भएपनि त्यसलाई सुल्झाउने बताउनुभयो ।

भारतले वैशाख २६ मा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्र्याकको उद्घाटन गरेपछि दुवै छिमेकीबीच तनाव बढेको हो । सो सडक नेपालको भूमिमा निर्माण गरिएको भन्दै नेपालमा व्यापक विरोध भएको थियो ।

नेपालमा चर्को विरोध भएपछि उहाँले त्यतिबेला पनि नेपाललाई कुनै आरोपप्रत्यारोप लगाउने पक्षमा आफू नभएको बताउनु भएकोे थियो । तर, भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले भने नेपालले चीनको इसारामा विरोध गरेको अभिव्यक्ति दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४