Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड-नेपाल र ओली समुहबीच झडप, ओली समुहका वडा अध्यक्षको टाउको फुट्यो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ५ २०७७
  • 2.7K
    SHARES

हुम्ला,/  हुम्लाको अदानचुची गाउँपालिकामा नेकपाको ओली र प्रचण्ड-नेपाल समूहबीच झडप हुँदा वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते भएका छन् । घाइते थापालाई थप उपचारका लागि हेलिकप्टर जिल्ला अस्पताल सिमकोट ल्याईएको छ ।

आईतबार दिउँसो वडाध्यक्ष थापाको नेतृत्वमा अदानचुलीको कल्ख्यामा नेकपाको ओली पक्षले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएको गाउँपालिका अध्यक्ष दल फडेराले बताउनु भयो ।

थापाको टाउको तथा मुखमा चोट लागेको छ । स्थानीय स्वास्थ्य चौकीमा अध्यक्ष थापालाई ६ वटा टाँका लगाइ उपचार गरिएको भए पनि स्थानीय स्वास्थ्य चौकीमा वडा अध्यक्ष थापाको उपचार नहुन भएपछि माउण्टेन एयरको हेलीकप्टर चार्टर गरी थप उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याइएको गाउँपालिका अध्यक्ष फडेराले बताउनुभयो।

वडा अध्यक्ष थापाको अहिले जिल्ला अस्पताल सिमकोटमा उपचार भईरहेको छ । पूर्वमाओवादीबाट वडा अध्यक्षमा निर्वाचित थापा नेकपा २ समुहमा बिभाजित हुदा उनी अहिले ओली समूहमा लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४