Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्चले संविधानको सही ब्याख्या गरोस्–कांग्रेस नेता सिटौला


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ५ २०७७
  • 3.5K
    SHARES

काठमाडौं, / नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकलाई यतिबेला प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई सघाउनेभन्दा रोक्ने अदालत आवश्यक परेको बताउनुभएको छ ।

काठमाडौंमा गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले गरेको कार्यक्रममा नेता सिटौलाले सर्वोच्च अदालतले संविधानको सही व्याख्या गरोस् भन्दै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको जिकीर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद व्यवस्थापन गर्न नसक्दाको रीस प्रतिनिधि सभा विघटन गरेर पोखेको भन्दै नेता सिटौलाले यो राष्ट्र र जनतामाथिको बेइमानी भएको टिप्पणी गर्नुभयो ।

सर्वोच्च अदालतले संविधानको सही व्याख्या नगरे उसको सर्वोच्च गरिमा नरहने भन्दै उहाँले सर्वोच्च नै सर्वोच्च रहेन भने अरू संवैधानिक निकाय के होलान् ? भन्ने प्रश्न गर्नुभयो ।

प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यसको पक्ष विपक्षमा देश विभाजित भएको छ भने संसद विघटनविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४