Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पुटिनका विरोधी मानिएका नाभाल्नी मस्को पुग्नेबित्तिकै प्रहरीकाे हिरासतमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ५ २०७७
  • 6.2K
    SHARES

एजेन/ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधीका रूपमा चिनिएका रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई हिरासतमा लिइएको छ । यसअघि ज्यान जाेगाउन जर्मनीमा रहेका उनी पाँच महिनापछि मस्को फर्केका थिए । तर मस्काे फर्कने बित्तिकै उनी रूसी प्रहरीकाे पञ्जामा परेका हुन् ।

यसअघि गत वर्ष उनीमाथि नर्व एजेन्टमार्फत् हमला भएको थियो र उनी बालबाल बचेका थिए । उतिखेर स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी  नाभाल्नीलाई महिनौँपछि जर्मनीबाट मस्को फर्किएको केही समयमै हिरासतमा लिइएको हाे । ४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएकाे बताइएकाे छ । उनलाई स्वागत तथा अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा समर्थकहरूकाे भीड जम्मा भएकाे थियाे । याे देखेर त्यहाँका सुरक्षा अधिकारीहरूले उनको विमान अन्यत्रै ओराल्न लगाएका थिए ।

तर  नाभाल्नीलाई पक्राउ गरेकोप्रति पश्चिमा नेताहरूले मस्कोको निन्दा गरेका छन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनको टोलीले नभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ । बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले नाभाल्नीको ज्यान लिने कोसिस गरेकाहरूलाई जवाफदेही बनाउन पनि आह्वान गरे । यसैगरी युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेलले पनि नाभाल्नीको पक्राउलाई ‘अस्वीकार्य’ भनेका छन् ।

रहस्मय ढंगले विष खुवाएपछि नाभाल्नीको उपचार जर्मनीमा भएको थियो । नाभेल्नीको ज्यान लिने कोसिसको पछाडि रुसी सरकारकै हात थियो भनेर बताइन्छ । पुनः उनलाइ हिरासतमा लिएपछि ज्यानमाथि खतरा बढेकाे बताइएकाे छ । प्रहरी हिरासतमा पुग्नुभन्दा केही मिनेटअघि मात्रै नाभाल्नीले मस्कोकाे शेमेन्येवो एयरपोर्टमा आफ्ना समर्थक र मिडियासँग भनेका थिए, ‘मलाई थाहा छ कि म सही छु । मलाई कुनै पनि कुराको डर छैन, मविरुद्ध लगाइएका सबै आपराधिक मुद्दा झुटा हुन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४