Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शाकाहारी आन्दोलनले भएन, एकपटक लाठी खान मन छ : प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ५ २०७७
  • 2.3K
    SHARES

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।

आफू सम्वद्ध अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी शर्मा ओली र उनका मानिसहरुले सेटिङ भइसकेको छ भन्दै हिँडेकाले गर्जिनुपर्ने बेला आएको बताए । ‘हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो, आक्रामक हुनुपर्‍यो । बाघ–सिंह गर्जिए जस्तो गर्जिनुपर्‍यो ताकि प्रतिक्रान्तिकारीहरुको मुटु हल्लियोस्’ उनले अघि भने, ‘अब शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन ।

संसद विघटनविरुद्ध जनमत रहेको तर, आन्दोलनको स्वीच दबाउने काम युवा विद्यार्थीहरुको भएको बताए । आन्दोलनको अग्रपंक्तिमा आफूसहितका नेताहरु रहने भन्दै प्रचण्डले भने, ‘टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ ।’

आन्दोलनकारीको रक्षाका लागि आफ्नो टाउको फुटाउन तयार रहेको, तर प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने उनले बताए । नेपाललाई प्रतिगमनतिर लगेर फइदा उठाउने कुनै शक्तिले सोचेको छ भने त्योे भ्रम हो’ उनले भने ।

अनुहार नै चिन्न छाडेँ

प्रचण्डले मन्त्रीको लोभमा ओली समूहमा लागेकाहरुको अनुहार नै चिन्न छाडेको प्रतिक्रिया दिए ।

एक जना कार्यकर्ता नभएकालाई पार्टीमा ल्याएर स्थायी कमिटीमा लगेको तर, मन्त्री हुन दौडिएको उनले बताए । ‘ती जोगीहरु देखेर मलाई त लाज लागेको छ’ उनले भने, ‘यति धेरै खरानी खसेका छन् कि मैले त अनुहार नै चिन्न छाडेको छु ।’

ओलीलाई चिन्न किन ढिलो गरियो ?

उनले केपी शर्मा ओलीलाई चिन्न किन ढिलो गरिएछ भनेर आफैंलाई समेत प्रश्न गरेका छन् ।

ओली प्रधानमन्त्रीका पदका लागि जे पनि गर्न तयार भएको, तर पदका लागि भनेर आफूहरुलाई आरोपित गर्ने गरेको उनले बताए । पार्टी एकता गर्दा भएको सहमति कार्यान्वयनमा उदारता देखाउनु आफ्नो कमजोरी प्रचण्डले सुनाए ।

संविधान बनाउने क्रममा समानुपातिक समावेशी लगायत परिवर्तनका एजेण्डाको विरोध गरेका ओलीलाई आफैंले ‘कमरेड संविधान बनाऊँ, म तपाईंलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्छु’ भनेर पनि खुरुखुरु तयार भएको उनले सुनाए ।

तत्कालीन एमालेको बैठकमा आफ्नो धुँवाधार गाली गरेको दुई दिनपछि आफूले पार्टी एकताको प्रस्ताव गरेको भन्दै उनले भने, ‘प्रधानमन्त्री फेरि तपाईंलाई नै बनाउँछु नि भनेपछि हुन्छ कमरेड, म सकारात्मक रुपले सोच्छु भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४