Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विराट–अनुष्काको पहिलो तस्वीर सामाजिक सञ्जालमा भाइरल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २८ २०७७
  • 5.5K
    SHARES

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर बिराट कोहली सोमबार आमा र बुवा बनेका छन् । विराट कोहलीले आफूहरू बुवाआमा बनेको भन्दै सामाजिक सञ्जालमार्फत सबैलाई जानकारी दिएका थिए । अनुष्काले सोमबार छोरी जन्माइन् ।

छोरीको जन्मिएको जानकारी दिएपछि अनुष्का र विराटलाई धेरैले बधाई दिएका छन् । यसै क्रममा उनीहरूको छोरीको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्वीरमा अनुष्का र विराटकी छोरीको अनुहार देखिएको छैन, पैताला मात्र देखिएको छ ।

तस्वीर विराट कोहलीका भाइ विकास कोहलीले आफ्नो इंस्टाग्राममा राखेका हुन् । पैलालाको तस्वीर राख्दै उनले इंस्टाग्राममा भनेका छन्, ‘खुसी आइसकेको छ, परिवारमा एक परीले कदम राखेकी छन् ।’ तस्वीरमा विकासले इमोजीमार्फत ‘वेलकम’ लेखेका छन् । विकासले राखेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सोमबार विराटले अनुष्का र छोरीको स्वास्थ्य ठिक रहेको जानकारी दिएका थिए । साथै उनले आफूहरूलाई थोरै प्राइभेसी चाहिएको भन्दै मिडिया र शुभचिन्तकहरूलाई यो कुरा सम्झिदिन आग्रह गरेका छन् । उनीहरूले २०१७ डिसेम्बर ११ मा विवाह गरेका थिए । अनुष्का गर्भवती भएपछि उनले गर्भावस्थाका तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४