Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक घण्टा पढाएर भाग्ने ‘हेल्मेट’ शिक्षकलाई कारवाही गर्ने उपकुलपति सिंहको प्रतिबद्धता


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २८ २०७७
  • 6.1K
    SHARES

कर्णाली, /  मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा।डा। नन्दबहादुर सिंहले विश्वविद्यालयमा एक घण्टा पढाएर भाग्ने ‘हेल्मेट’ शिक्षकलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “आफू एक घण्टा नपढाउने र विद्यार्थीलाई विश्वविद्यालयको नेतृत्वविरुद्ध जुलुस गर्न लगाउन केही गलत प्रवृतिका शिक्षकका कारण शैक्षिक उन्नयनमा विभिन्न समस्या सिर्जना हुँदै आएको छ ।”

विश्वविद्यालयको १० औँ सिनेटले यहाँ अध्यापनरत शिक्षकलाई सात घण्टा पढाउने निर्णय गरिसकेको छ । यही पुस २६ गते मौका परीक्षा दिन पाउनुपर्छ भन्दै मध्यपश्चिम इञ्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीले उपकुलपतिको कार्यकक्ष तोडफोड गरेपछि पत्रकार सम्मेलन गरेका उनले सो घटनामा संलग्न विद्यार्थी र नियोजित ढङ्गले विद्यार्थी उक्साउने शिक्षकलाई चिनिसकिएको हुँदा उनीहरुलाई सार्वजनिक सम्पतिमाथि तोडफोड गर्ने कसूरमा सार्वजनिक मुद्दा लगाउने बताउनुभयो।

“यहाँ केही क्याम्पस प्रमुखले नै कुनामा बसेर हुलदङ्गा गर्न विद्यार्थी उक्साएका छन्,” उहाँले भन्नुभयो, “नपढ्ने विद्यार्थीका माग र गलत योजना बनाउने शिक्षकलाई तह लगाएरै छोडिन्छ ।” मध्यपश्चिम विश्वविद्यालयलाई दुहुनो गाई बनाएर रु।७६ करोड बेरोजु लगाउने मान्छेहरुले नै यसलाई अस्तव्यस्त बनाएको उहाँको आरोप छ ।

उपकुलपति प्राडा सिंहले भन्नुभयाे, “व्यवहारिक माग भए त्यसको समाधान र सुनुवाइ गर्न छुट्टै समिति बनाइएको छ । वार्तामा आउनुस्, हुने कुरा हुन्छ र नहुने कुरा हुँदैन । तर कुनै पनि गलत कुरामा सम्झौता हुँदैन ।”

विश्वविद्यालयमा अध्यापन शिक्षक नै तोडफोड गराउने र विद्यार्थी भड्काएर निजी कलेजमा भर्ना गर्न लगाउने शिक्षकको विवरण आइसकेको उल्लेख गर्दै उहाँले त्यस्ता गलत शिक्षकलाई बेलैमा सुध्रिन अन्यथा कारवाहीको भागिदार हुनुपर्ने स्पष्ट पार्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४