Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस चुनावबाट भाग्दैन–कांग्रेस सभापति देउवा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २६ २०७७
  • 7.4K
    SHARES

काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस चुनावबाट नभाग्ने प्रष्ट गर्नुभएको छ ।

आइतबार काठमाडौंमा, प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको नेपाली कांग्रेसका संस्थापक नेता सूर्यप्रसाद उपाध्याय विशेषांक विमोचन गर्दै सभापति देउवाले कांग्रेस अदालती निर्णयको प्रतीक्षामा रहेको खुलाउनुभयो ।

प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानिक हो भनेरै पार्टी आन्दोलनमा गएको भन्दै उहाँले अदालतबाट संसद पुनस्र्थापना नभई चुनावमा जाने निर्णय सदर भए कांग्रेस मैदानबाट नभाग्ने पनि प्रष्ट गर्नुभयो ।

सभापति देउवाको भनाइ थियो, ‘सबैभन्दा ठूलो त जनताको अदालत हो नि । हामी किन भाग्ने ? फेरि कांग्रेस त कानुन र अदालतको सम्मान गर्ने पार्टी हो । अदालतमा विचाराधीन रहेको विषयलाई प्रभावित पार्ने काम हामी गर्दैनौं । यो कांग्रेसको परम्परा हो ।’

कार्यक्रममा सभापति देउवाले सूर्यप्रसाद उपाध्यायको पार्टीमा ठूलो योगदान भए पनि सम्मान हन नसकेको स्वीकार्दै आगामी दिनमा उहाँको सम्मानमा कमी हुन नदिने बचनवद्धता व्यक्त गर्नुभयो ।

पञ्चायतको समयमा सूर्यबाबुकै सहयोगमा देशभित्र कांग्रेस बचाउने काम भएको भन्दै उहाँले उपाध्यायको सहयोगबाटै तत्कालीन समयमा प्रजातन्त्रवादीहरुले संरक्षण पाएको पनि बताउनुभयो ।

कार्यक्रममा कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले प्रजातन्त्र र कांग्रेस पार्टीमा सूर्यबाबुको योगदान अतुल्य रहेको भन्दै बीपी कोइरालालाई छुटाउनका लागि उहाँले गरेको समन्वयकारी भूमिका उल्लेख्य रहेको स्मरण गर्नुभयो ।

समाजका सभापति डा. केदारनरसिंह केसीले प्रजातान्त्रिक आन्दोलनमा सूर्यप्रसाद उपाध्यायले पुर्‍याएको देनको अवमूल्यन भएको देखेर संस्थाले विशेषांक प्रकाशन गरेको भन्दै कांग्रेसले आफ्ना संस्थापक नेतालाई सम्मान गर्न सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सांसद दिव्यमणि राजभण्डारी, लोकेश ढकाललगायत वक्ताले सूर्यप्रसाद उपाध्यायको योगदानबारे आ–आफ्ना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४