Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्णाली प्रदेश कप क्रिकेटको उपाधिका लागि सुर्खेत र रुकुम भिड्ने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २६ २०७४
  • 5.2K
    SHARES

२५ फागुन, सुर्खेत । वीरेन्द्रनगरको कालुङचोकमा जारी पहिलो कर्णाली कप क्रिकेटको उपाधिका लागि सुर्खेत र रुकुमवीच प्रतिस्पर्धा हुने भएको छ ।

रुकुमलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको सुर्खेतले उपाधिका लागि रुकुमसँगै प्रतिस्पर्धा गर्ने भएको हो ।

शुक्रबार कालुङचोक मैदानमा भएको सेमिफाइनलमा जाजरकोटलाई पराजित गरेपछि फाइनलमा रुकुमले सुर्खेतको सामना गर्ने भएको हो ।

रुकुमले जाजरकोटलाई १५ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रूकुमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४६ रन बनाएको थियो ।

१४७ रनको लक्ष्य पक्ष्याएको जाजरकोट १३१ रनमै समेटियो ।

सुर्खेतले भने रुकुमलाई नै बिहीबार भएको खेलमा २९ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

प्रतियोगिताका पाँच खेल मध्ये पाँच वटै खेलमा अपराजित बन्दै सुर्खेत फाइनलमा पुगेको हो भने रुकुमले पाँच मध्ये तीनमा जित र २ वटा खेलमा हार ब्यहोर्दै फाइनलमा आइपुगेको छ ।

फाइनल प्रतिस्पर्धा शनिबार कालुङचोक मैदानमा हुने अायोजक जिल्ला क्रिकेट संघ सुर्खेत जानकारी दिएको छ ।

२०७४ फागुन २५ गते १५:२० मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४