Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हाइड्रोजन इन्धन उत्पादनबारे निगमले केयूसँग मिलेर अध्ययन गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २६ २०७७
  • 3K
    SHARES

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र ग्यासको विकल्पकको रुपमा प्रयोग गर्न हाइड्रोजन इन्धनको व्यवसायिक विकास गर्ने भएको छ । स्वदेशमा उत्पादित बिजुली प्रयोग गरेर हाइड्रोजन इन्धन उत्पादनबारे अध्ययन गर्न निगमले काठमाडौं विश्वविद्यालय (केयू)सँग शुक्रबार समझदारी गरेको छ ।

निगमका निर्देशक दीपक बराल र केयूका स्कुल अफ इन्जिनियरिङका डीन डा.डम्बरबहादुर नेपालीबीच आपसी सहयोगलागि सम्झौता भएको निगमका प्रवक्ता विनित मणि उपाध्ययले बताए । समझदारीले बिजुलीमार्फत हाइड्रोजन उत्पादन गर्ने नीति, उत्पादन, भण्डारण र वितरण केन्द्र स्थापना जस्ता विषयमा विश्व विद्यालयसँग दुई वर्ष प्राविधिक सहयोग निगमले लिनेछ ।

पालमा हाइड्रोजन इन्धन विकासबारे यो पहिलो प्रयास भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले दाबी गरे । नेपालमा हाइड्रोजन इन्धन उत्पादन सुरु भए बढ्दो बिजुली उत्पादन खेर जाने चिन्ता हट्नुका साथै भारतबाट आयात भइरहेको पेट्रोल, डिजेल र ग्यासलाई प्रतिस्थापन गर्न सहज हुने पौडेलले बताए । हाइड्रोजन इन्धन रासायनिक मल र औषधि उद्योगका लागि पनि उपयोग हुने निगमले जनाएको छ ।

के हो हाइड्रोजन इन्धन ?

हाइड्रोजन पानीमा विद्युत् प्रवाह गरेर शून्य कार्बनमा उत्पादन हुने इन्धन हो । हाल प्राकृतिक रुपमा प्राप्त भइरहेको डिजेल, पेट्रोल र ग्यास तथा हवाई इन्धनको विकल्पको रुपमा संसारभर यसको प्रयोग बढिरहेको छ । सन् १८३९ को दशकमा विलियम ग्रुभले हाइड्रोजन उत्पादन गर्न सकिने पत्ता लगाएका थिए । संसारभर अहिले कार, बस तथा अन्तरिक्ष यानहरुमा यसको प्रयोग बढिरहेको छ । नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्न सके भारतबाट खरिद गरिने पेट्रोलियमको विकल्प तथा निर्यातकै लागि पनि भविष्यमा उपायोगी हुन सक्ने निगमको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४