काठमाडाैं,/ आज बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने, थारू आयोग र विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश हुने । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्ने हुनुभएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । पुस ५ गते संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा विघटन गर्नुभएका प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्न लाग्नु भएको हो ।
ओलीले पछिल्लो राजनीतिक परिस्थितीबारे बैठकमार्फत सम्बोधन गर्ने तयारी रहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । आजको बैठकमा ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले “विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।