Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीको धनगढी सभा पञ्चभेला जस्तै : खनाल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २५ २०७७
  • 5.5K
    SHARES

 काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरेका छन् ।

सम्पर्क समन्वय कमिटीले गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको बताए । कहिले काहीँ पार्टीको गल्तीका कारण तानाशाहहरु जन्मिने भन्दै उनले त्यसविरुद्ध फेरि संघर्ष गर्दै जानुपर्ने बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता खनालले शुक्रबार धनगढीमा ओली समूहले गरेको सभालाई पञ्चभेलासँग तुलना गरे ।

मानिसहरुलाई पैसा दिएर बस रिजर्भ गरेर गराएको भेला २०४६ साल अगाडि पञ्चहरुले गर्ने भेला जस्तै भएको उनले बताए । २०४६ साल अगाडि पञ्चहरुले देशभर भेला गर्दै हिडेका पञ्चहरुको अहिले इतिहास मेटिएर गएजस्तै केही वर्षमै केपी ओलीको पनि अस्तित्व समाप्त हुने खनालको दाबी छ ।

कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम खारेज देश प्रतिगमनतर्फ जाने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४