Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड माधव र रावलमाथि ओलीको घोचपेच


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २४ २०७७
  • 6.1K
    SHARES

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेममा विभाजित भएपछि राजधानी बाहिर पहिलो कार्यक्रमका रुपमा धनगढीलाई रोजे ।

नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको आमसभामा सहभागी धनगढी पुगेका उनले करिब ४५ मिनेट सम्बोधन गरे । सुदूरपश्चिमको दुःख पीडाबारे मलाई थाहा छ भन्दै सम्बोधन सुरु गरेका उनले विकास निर्माण र सरकारका कामकारबाहीको लामै फेहरिस्ता सुनाए ।

सम्बोधनका क्रममा पार्टीभित्र देखिएको विवादमा प्रवेश गरेका उनले तीन नेतामाथि निशाना साँधे । प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगै उनले भीम रावलमाथि समेत खरो टिप्पणि गरे ।

  • रावलमाथि आरोपको वर्षा

‘अछामको एउटा केटो म जेलमा बस्दा बस्दै बाटोमा हिँड्दै गर्दा ल्याएको थियो । मैले राजनीति गर्न सिकाए’ रावललाई सङ्केत गर्दै ओलीले भने, ‘अहिले त कुरा साना तिना छैनन् । ‘नानी भन्दा नाना ठुलो, मान्छे भन्दा कुरा ठुलो ।’

उनले रावललाई विकास विरोधीको संज्ञा दिए । ‘यस प्रदेशका विकासको समस्या हुन् ती मान्छे । अब त्यो समस्या समाधान भएको छ’ आफ्नो समूहका अध्यक्ष समेत रहेका कामचलाउ सरकारका प्राधनमन्त्री ओलीले भनेका छन् ।

पदको लागि मरिहत्ते गर्ने र नक्कली राष्ट्रवादीको आरोप समेत प्रधानमन्त्री ओलीले लगाए । ‘मैले मन्त्री बनाएको बेला केपी ओली ठीक थियो भन्ने अरू बेला विरोध गर्ने ? मैले एक जनालाई सँधै मन्त्री बनाउन मानिन, आज सुदूरपश्चिम प्रदेशले केन्द्रमा ४ जना मन्त्री पाएको छ । सायद यो पहिलो पटक हो’ ओलीले भने, ‘मन्त्री पाउँदा उहाँ खुसी हुनुपर्ने तर, दुखी हुनुहुन्छ ।’

  • रावलले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन फाँड्ने योजना बनाएको समेत उनको आरोप छ ।
  • माधव नेपाललाई आफूले राजनीतिमा लगाएको दाबी

ओलीले प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालप्रति पनि कटाक्ष गरे । ‘०२९ सालमा महेन्द्र मोरङ क्याम्पसमा पढ्दै गरेको भेटेर राजनीतिमा लाग्न उत्साहित गरेपछि उहाँ ०३२ सालदेखि लाग्नुभयो’ प्रधानमन्त्री ओलीले भने, ‘म ०२२ सालदेखि लागेको । अहिले त म त केपी ओली भन्दा सिनियर भन्नुहुन्छ ।’

आफू जेलमा रहेको बेला नेपाल पोलिटब्यूरो भएपछि आफूभन्दा सिनियर भन्न थालेको उनले बताए । ‘म लोकतन्त्रका लागि लड्दा जेल परेँ, उहाँ बाहिर हुनुहुनुहुन्त्थ्यो, केन्द्रीय कमिटीमा पर्नुभयो’ ओलीले भने, ‘म पार्टीको प्रमुख थिए झापा आन्दोलन कालमै म पार्टी प्रमुख थिएँ । यो उहाँले बिर्सनु हुँदैन ।’

१५ वर्ष पार्टीको नेतृत्वमा बसेका नेपालले पार्टीमा कहिल्यै निर्वाचन नगराएको तर, आफू चुनाव जितेर आएपछि फेरि नेतृत्वमा आउने दौडमा लागेको उनको आरोप छ ।

  • प्रचण्डलाई प्रश्न : २०२५ साल कहिले हो, थाहा छ ?

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्डमाथि समेत व्यंग्य गर्न छाडेनन् ।

आजभोलि प्रचण्डले मैले भन्दा तीन वटा भोट त बढी फाटेको हो नि भन्दै हिँडेको भन्दै ओलीले भने, ‘मैले तीन वटा भोटा मात्रै फटाएको हो ? ०३८ सालमा गोरखामा मास्टरी गर्दै हुनुहुन्थ्यो उहाँ । म ८ वर्ष जेलमा परिसकेको थिएँ ।’

‘०२५ सालमा सुस्ता महेशपुरको विषयलाई लिएर म गिरफ्तारीमा परेँ लाठी खाएँ’ उनले अघि भने, ‘०२५ साल भनेको कहिले हो थाहा छ पुष्पकमल दाहालजी ?’

आफू राजनीतिमा लाग्दा प्रचण्डलाई यसबारे थाहै नभएको भन्दै उनले भने, ‘कति कक्षामा पढ्दै हुनुहुन्थ्यो ? जति बेला म सङ्घर्षको मैदानमा थिएँ, उहाँले राजनीति सुन्नुभएको थिएन । उमेरमा ३ वर्ष जेठो हुँला, राजनीतिमा १० वर्ष जेठो छु ।’

  • सुदूरपश्चिममा अब विकासको गति बढ्छ

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशमा अब विकासको गति अघि बढ्ने दाबी गरे । प्रदेशमा अहिले थुप्रै विकास निर्माणको काम भइरहेको भन्दै उनले भने, ‘अब सुदूरपश्चिम प्रदेश पछि पर्दैन, पार्न दिइँदैन ।’

प्रदेशका विकास निर्माणका काममा बजेटको पनि अभाव हुन नदिने आश्वासन समेत दिए । ‘वैदेशिक ऋण लिएर पनि विकासका गतिविधिहरू अघि बढ्छन् । विकास निर्माणका काममा बजेटको अभाव हुन दिइने छैन’ उनले भने ।

उद्योगमन्त्री एवं ओली समूहका प्रदेश संयोजक लेखराज भट्टले सङ्घीय सरकारले विकास निर्माणका कामहरू भइरहेको बताए । ‘रासायनिक मल कारखाना बनाउने योजना अघि बढिरहेको छ । प्रदेशका विभिन्न जिल्लाहरूमा विभिन्न खानीहरू पत्ता लागेका छन्, हामी उत्खनन गर्ने छौं’ उनले भने ।वन तथा वातावरण मन्त्री प्रेम आलेले प्रधानमन्त्री धनगढी आउँदा स्वागत गर्न नआएको भन्दै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टप्रति आक्रोश व्यक्त गरे । ‘राजनेता आउँदा शिष्टता पनि नभएको तपाईँ कस्तो मुख्यमन्त्री हो ? अब तपाईँका दिन धेरै छैनन्,’ उनले भने, ‘हिजोका भारतमा लामो समय बिताउनु भयो । मुख्यमन्त्री पद गएपछि अब तपाईँ भारत जान पर्दैन । जडीबुटी खेती गरेर यहीँ रोजगारी सिर्जना गरिन्छ ।’

सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नाले प्रधानमन्त्री ओली भारतले कब्जा गरेको भूमि समेटेर नक्सा तयार गर्नु निकै ठुलो कदम भएको बताए । ‘यो सरकार त्यो भूमिलाई नक्सामा मात्रै राखेको छैन कब्जा गरेको भूमि फिर्ता ल्याउने विषयमा पछि पहल भइरहेको छ ’मन्त्री ठगुन्ना बताए ।

नेकपा ओली समूहका केन्द्रीय सदस्य नारद मुनी रानाले टीकापुर घटना राजनीतिक भएको बताए ।

नेकपा प्रदेश अध्यक्ष कर्ण थापाले पनि भीम रावलको चर्को आलोचना गरे । ‘उहाँ अवसरवादी हो’ थापाले भने ‘मन्त्री नपाएपछि सरकारको विरोध गर्न थाल्नुभएको हो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४