Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘यस्ता पनि केटी”‘प्याड म्यान’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २६ २०७४
  • 5.5K
    SHARES

केही समयअघि हिन्दी सिनेमा ‘प्याड म्यान’ हेर्दै थिएँ। सिनेमा सुरू भएदेखिनै दाहिने सिटतिर रहेका दुई प्रौढहरूले हल्ला सुरू गरे। उनीहरूको हल्लाका कारण मेरो ध्यान विथोलिए पनि सिनेमा आधा नभएसम्म मैले उनीहरूसँग यसबारेमा गुनासो या झगडा गर्न उचित ठानिनँ। किनभने मैले गर्ने झगडाले सिनेमा हेरिरहेका अन्य दर्शकलाई ‘डिस्टर्ब’ हुन्थ्यो।

सिनेमा आधा हुनेबित्तिकै मैले उनीहरूलाई झपारे, ‘तपाईँहरूको निजी घर हो यो सिनेमा हल? घरको सोफामा बसेर टिभी हेर्दा हल्ला गरेझैं सार्वजनिक सिनेमा हलमा हल्ला गर्दा अप्ठ्यारो लाग्दैन?’ सिनेमा फेरि सुरु भयो।

त्यसपछि उनिहरूले हल्ला त के, मुखको मकै चपाउँदा आवाज आउला कि झैं गरी सुस्तरी चपाए। आफूले ठिकै कदम उठाएछु भन्ने ठानेर म मनमनै हौसिएँ। सिनेमा सकियो। बाँकी आधा सिनेमा नबिथोलियोस् भनी चुप लागेका उनीहरूले जाँदाजाँदै मलाई छुद्र शव्द प्रयोग गरेर गए, ‘तैट् , यस्ता पनि केटी?’

अहिले जब पत्रिकामा प्याडमानका कमेन्टरी या सामाजिक सञ्जालमा प्याडमानका चर्चा देख्छु, तब ‘तैट्! यस्ता पनि केटी?’ भन्ने शब्द र त्यो अभिव्यक्ति दिने दुई प्रौढको सम्झना आउँछ। गल्ती मबाट पनि भयो, उनीहरूलाई नझपारेर ‘हजुरहरूको हल्लाले मलाई फिल्म हेर्न दख्खल पर्‍यो’ भनेर शालिन ढंगमा प्रतिवाद गर्न सक्थेँ।

आखिर उक्त चलचित्र पनि महिलाको संवेदनशिलतासँग जोडिएको थियो र सम्भवत ‘आफ्ना बारे’ बनेको सो फिल्मको कथाले मलाई अल्लि बढीनै तानेकाले हुनुपर्ने भन्दा बढी आक्रोशित भएँ कि! सिनेमाको कथा यहि हो–एउटा युवक छ जो आफ्नो श्रीमतीको स्वास्थ्य–सुरक्षाको लागि एकदमै सचेत छ। महिनामा हरेक महिलालाई अनिवार्य हुने स्यानेटरी प्याडजस्तो बस्तु सहज र सरल मूल्यमा उपलब्ध गराउन ऊ लागि पर्छ र अन्ततः सफल पनि हुन्छ।

मलाई विश्वास छ- नारीप्रधान सिनेमा ‘प्याडम्यान’सँगै हेर्ने ती मेरो दाहिने तिरका पुरूषजनले सिनेमाको भरपुर मज्जा लिए। मलाई पनि सिनेमा उत्कृष्ट लाग्यो। तर, त्यति राम्रो सिनेमा हेर्दा उति नराम्रो शव्दवाण खेप्नुपर्दा मेरो मन अमिलो भएको छ। फेरि पनि भन्छु गल्ती मेरो पनि भयो। तर, मैले गरेको ‘कम्प्लेन’ को तुलनामा उनीहरूले गरेको टिप्पणी धेरै हदसम्म बिझाउने थियो। त्यति सानो कुरामा ती प्रौढहरूले गरेको टिप्पणीमा समग्र केटी जाति र उनीहरुको चरित्र जोडिनु कति उचित थियो?

हाम्रो समाजले चरित्रको भारी केटीलाई बोकाएको छ। सम्भवतः सोही कारण ‘सौम्य, शान्त, हत्तपत्त कुनै पनि विषयमा प्रतिक्रिया व्यक्त नगर्ने स्त्री जातिको साटो तत्काल प्रतिक्रिया व्यक्त गर्ने केटी’ लाई सवक सिकाउन चाहन्थे उनीहरू। सिनेमा हेर्दा हल्ला उनीहरूले गरे तर ‘चरित्र’ को गाली मलाई गरे। गलत अर्थ नलागेमा कुनै पनि केटी मानिसबारे कुनै टिप्पणी गर्न कुनै केटालाई जिम्मा दिइयो भने सबैभन्दा पहिला उसले महिलाको चरित्रबाट सुरू गर्छ र अन्त्य पनि चरित्र मै गएर टुङग्याउँछ । सत्य यही हो, जब केटा मानिस अरु कुनै उपायले केटीलाई कमजोर बनाउन सक्तैन, तब ऊ सिधै चरित्रको प्रश्न लिएर उत्रन्छ। कुनै केटी सफल भई, उसको चरित्रकै उदाहरण दिइन्छ, कुनै असफल भई, फेरि चरित्रकै उदाहरण मिसाइन्छ। ‘चरित्र’ नामको गोली घुँडामै ताकेर हानेपछि यो समाजमा कति केटी फेरि उभिएर हिँड्न सक्लान्? भनिन्छ नि गोलीले भन्दा बोलीले घायल पार्छ।

मेरा मनमा अनेक व्यक्तिगत प्रश्न छन्, सिनेमा हलमा भएको त्यो सानो काण्डबारे। ती गौण हुन्। हुन पनि कुनै अपराधबिनै चरित्रगत प्रश्न किन उठाइन्छ? तर, त्यो टिप्पणी मेराबारे मात्रै लक्षित थिएन भन्ने मेरो ब्रम्हको ठहर छ। ‘केटी मान्छे भएर’ सामान्य अनुचित व्यवहारलाई नसहेका कारण पनि त्यस्तो टिप्पणी आएको हुनसक्छ। अझ त्यसमाथि एउटी केटी सुरिएर दुई पुरूषलाई झपार्नुका कारण उनीहरूबाट त्यस्तो टिप्पणी आएको हुन सक्छ।

नत्र भने उनीहरूले नचिनेको कुनै व्यक्तिलाई सिधै किन चरित्रको प्रश्नले प्रहार गरे?

खयर, जेजे भए पनि प्रश्न चरित्रमै जोडिएको थियो। र, त्यो गालीको आशय यही हो कि केटीहरुमा हुनुपर्ने गुण ममा थिएन।। समाजले परिभाषा गरेको केटीजस्तो मेरो चरित्र प्रकट भएन। केटी मानिस म जस्तो ‘ठाडो’ हुनु हुँदैन। केटी मानिस त सहनशील हुनुपर्छ। सकेसम्म चुपै लागोस्, बोल्नै परे पनि मसिनो स्वरमा बोलोस्। वादविवाद गर्दै नगरोस्। त्यसविपरित म केटी भएर पनि केटाहरूसँग झगडामा उत्रिए।

अझ म केटी भएर पनि एक्लै सिनेमा हेर्न गँए, त्यो पनि रात्रिकालिन सो। अहिले मसँग केही जिज्ञासा छन् –हामी केटी मानिस कस्तो हुने भनेर कसले निर्धारण गर्ने? हाम्रो परिवारले, साथीभाईले या समाजले? अर्को जिज्ञासा– हामीले त्यस्तो के गर्नुपर्ला जसोगर्दा हाम्रो चरित्रमाथि धावा बोलिन्नँ? के गर्दा हामी चरित्रवान हुन्छौ र के गर्दा हाम्रो चरित्रको सत्यानाश हुन्छ?

म जान्दछु, समाज र देशले शक्ति, बल, सैन्य, कानुन, दण्ड, जायज, नाजायजको परिभाषा गर्छन्। आजका युगको हाम्रो राष्ट्रिय कानुनले महिला र पुरूषको चरित्रबारे केही पनि उल्लेख गर्दैन तर कानुनको छाता ओडेर बस्ने समाजले महिलालाई चरित्रको जामा लगाउन आदेश दिन्छ। पुरूषहरू लँगौटी लगाएर फुक्काफाल हिँड्दा महिलाले चरित्रको बाक्लो बुर्का लगाउनुपर्छ। हामी महिला चरित्रको ठेकेदार जस्तो।

मेरो निश्कर्ष, जबसम्म केटी मानिसलाई अर्कै ग्रहबाट आएको ‘एलियन’ ठानिन्छ तबसम्म यो चरित्र नामको गोलीको वर्षा भइरहन्छ। समाजले बुझ्नुपर्छ हामी केटी मानिस यही धर्तीका उब्जनी हौं, यही धर्तीमा मातापिताका उत्पादन हौं। यही समाजका छोरीबहिनी र साथी हौं।

यसपटक मेरो प्रश्न मेरो समाज र समाजको पुरुषवर्गलाई भन्दा पनि म जस्ता केटी मानिसलाई – कहिलेसम्म चरित्र नामको गोली खाएर अज्ञात शहीद भइरहने? कहिलेसम्म अर्काले के भन्ला भनेर एकबारको अद्भुत जीवन जीउन डराउने? कहिलेसम्म चरित्र नामको बुर्कामा गुटमुटिएर अपराध र अज्ञानताको पोखरीमा चोबलिरहने ? कहिलेसम्म? कहिले सम्म चरित्रनामको धनुकाँण सही रहने?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४