Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यी एन्ड्रोइड डिभाइसमा प्राप्त हुनेछैन गुगलको नयाँ अपडेट


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २६ २०७४
  • 4.9K
    SHARES

आगामी मे महिनामा गुगलको डेभलपर कन्फ्रेन्स हुँदैछ । त्यस अवसरमा कम्पनीले एन्ड्रोइड अपरेटिंग सिस्टमको नयाँ भर्सन सार्वजनिक आशा गरिएको छ ।

गुगलले यसअघि नै एन्ड्रोइडको नयाँ भर्सन एन्ड्रोइड पी को डेभलपर रिभ्यू जारी गरिसकेको छ ।

यसका साथै कम्पनीले यो पनि खुलासा गरेको छ की उसले केही स्मार्टफोनका लागि एन्ड्रोइड पी को अपडेट जारी गर्नेछैन ।

गुगलले यो पनि यकिन गरिसकेको छ की नेक्सस फाइभ, नेक्सस सिक्स तथा पिक्सेल सी ट्याबलेटका लागि एन्ड्रोइड तथा अन्य अपडेट अब जारी गरिनेछैन । यी तिनवटै प्रडक्ट गुगलले सन् २०१५ मा लञ्च गरेको थियो र पछिल्लो तिन वर्ष यी तिनैवटा प्रडक्टलाई पूर्णरुपमा सपोर्ट गर्यो ।

यद्यपि गुगल पिक्सेल, पिक्सेल एक्सएल, पिक्सेल टूतथा पिक्सेल टूएक्स एललाई एन्ड्रोइड पी सँगसँगै अन्य सेक्योरिटी अपलेड उपलब्ध हुनेछन् । उपर्युक्त स्मार्टफोन प्रयोगकर्ताले अब एन्ड्रोइड पी (एन्ड्रोइड ९) को डेभलपर पि्रभ्यू१ डाउनलोड गर्न सक्नेछन् ।

गुगलका अनुसार डेभलपर्स पि्रभ्यूका माध्यमबाट प्रयोगकर्ताले एप्स तथा गुगलका नयाँ रिलिज गरिएका टुल्सको फूलस्त्रिmन परीक्षण गर्न सक्नेछन् । गुगलका अनुसार नयाँ भर्सनको अपरेटिंग सिस्टममा क्विक सेटिंग तथा नोटिफिकेसनको लुक्समा केही परिवर्तन गरिएको छ । साथै नोटिफिकेसनमा सिधै मेसेजिंग एपको साथ स्मार्ट रिप्लाई, इमेज तथा स्टिकर्स सपोर्ट प्राप्त हुनेछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४