Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जहाँ केपी शर्मा ओली, त्यहाँ नेकपा र सुर्य चिन्ह : ईश्वर पोखरेल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २२ २०७७
  • 5.4K
    SHARES

सिन्धुली २२, पुष । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वैशाख १७ र २७ गते प्रतिनिधी सभाको निर्वाचन भएरै छाड्ने दाबी गर्नुभएकाे छ । बुधवार सिन्धुलीमाढीमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समुहका कार्यकर्ता भेटघाटका क्रममा उहाँले उक्ता दाबी गर्नुभएकाे हाे ।

‘प्रधानमन्त्रीको जनतासामु जान ताजा जनादेशसँगै वैशाख १७ र २७ गते प्रतिनिधी सभाको निर्वानका लागि देशका चारवटै सुरक्षानिकाय र निर्वाचन आयोगसँग छलफल गरि उहाँहरु तोकीएकै समयमा निर्वाचन सम्पन्न गर्ने तयारीमा लाग्नु भएको छ’,  पोखरेलले भन्नुभयाे ।

कार्यकर्ता भेटघाटमा संसद विघटनमा सर्वाेच्चले सदर गर्ने विश्वास व्यक्त गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अझै औपचारिक रुपमा विभाजन नभएपनि विभाजनको संघारमा भने पुगिसकेको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयाे, ‘विभाजन भइहाले पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संस्थापन केपी शर्मा ओलीको पक्ष हो, त्यसैले जहाँ केपी शर्मा ओली त्यहाँ नेकपा र सुर्य चिन्ह  हुनेछ ।’

उपप्रधानमन्त्री पोखरेललाई भेट्न जिल्लाका तत्कालिन एमालेका नेता तथा कार्यकर्ता लगाएत तत्कालिन माओवादीका पूर्वसांसद् विषमलाल अधिकारी
दनुवार, शान्तिमान कार्की, डम्वर कार्की लगाएत पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४