Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कपडा काट्ने कैंचीले घोपेर सहकर्मीको हत्या


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २२ २०७७
  • 8.5K
    SHARES

काठमाडौं । बालाजुमा कपडा काट्ने कैंचीले घोपेर एक जनाको हत्या गरिएको छ । गएराति बालाजु बाइपासको न्यु टप टेलर्समा काम गर्ने कलाम मियाँ र सुबोध शर्माबीच झगडा हुँदा मियाँले शर्मालाई कैँचीले घोचेका थिए ।

पेटमा कैंचीले घोचेर घाइते बनाइएका मियाँलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उनको अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो । हत्यामा संलग्न भारतका सुबोध शर्मा टेलर्स सञ्चालकका जेठा छोरा भएको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले बुधबार बिहान फर्पिङ्गबाट पक्राउ गरेको छ ।

हत्या अभियोगमा पक्राउ परेका शर्माका अनुसार झगडा हुँदा मियाँले रडले हान्न खोजेपछि आफूले आफ्नो बचाउको लागि प्रतिकार गर्दा घटना भएको बयान दिएका छन् । स्थानीयका अनुसार रातको १० बजे रगताम्य अवस्थाका मियाँलाई उपचारका लागि शर्माासहितका दुई जनाले अस्पताल लगेका थिए ।

शर्माले पहिला देखिकै रिसीइवीका कारण मियाँमाथि आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ । हत्या अभियोगमा पक्राउ परेका शर्मालाई आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४