Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आज


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २१ २०७७
  • 5.2K
    SHARES

पाेखरा, /  गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन आज  (मंगलबार) सुरु हुँदै छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीले उक्त अधिवेशन बाेलाउन माग गरेका थिए ।

सत्तारूढ दल नेकपा विभाजनकाे असरस्वरूप अन्य केही प्रदेशमा सरकार ढाल्ने वा बदल्ने खेल देखिएकाे छ । तर गण्डकीमा त्यस्ताे अवस्था नदेखिएपछि अधिवेशन बाेलाउन सबै दल सहमत रहेकाे बताइएकाे छ । विशेष अधिवेशनमा कोरोना भाइरस संक्रमणकाे अवस्था, जनजीविकाका सवाल लगायत विषयमा छलफल हुने बताइएकाे छ ।

प्रदेशमा कोरोना भाइरस महामारीका वेला प्रदेश सरकारले नागरिक उत्तरदायित्व बहन गर्न चुकेकाे, उचित उपचार नपाएर नागरिकहरूले अकालमा मृत्युवरण गर्न बाध्य भएको तथा जनसरोकारका अन्य विषय पनि सरकारले सम्बोधन गर्न नसकेकोजस्ता विषय उठाएर कांग्रेस र जसपाका सांसदले विशेध अधिवेशन आह्वानका लागि गएकाे मंसिर ३० गते निवेदन दिएका थिए ।

नेपालकाे संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभामा कायम कुल सदस्य संख्याको एकचौथाइ सदस्यले विशेष अधिवेशन बाेलाउन लिखित अनुरोध गरेमा त्यस्ताे अधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४