Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कक्षा ११ को पाठ्यक्रमसम्बन्धी रिटको सुनुवाइ पुस २७ सम्म लम्बियो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २० २०७७
  • 3K
    SHARES

काठमाडौं । कक्षा ११ र १२ को पाठ्यक्रमसम्बन्धी रिटको सुनुवाइ पुस २७ गतेसम्मका लागि लम्बिएको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कक्षा ११ र १२ को पाठ्यक्रमबारे परेको रिट सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ । सर्वोच्च स्रोतका अनुसार उक्त रिटमा अब पुस २७ गते सुनुवाइ हुनेछ । यस रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिई एकै पटक फैसला दिने तयारी गरेको छ ।

कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन सुरु भएपछि उक्त पाठ्यक्रम कार्यान्वयन नगर्न आदेश माग गर्दै भगवता अर्यालसमेतले सर्वोच्चमा रिट दिएका थिए ।

यस रिटमा गत कात्तिक १९ गते सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागू नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अब पुस २७ गतेसम्म अल्पकालीन अन्तरिम आदेश भने निरन्तर रहनेछ ।

सर्वोच्चले नयाँ पाठ्यक्रम लागू नगर्न आदेश दिँदा हाल कक्षा ११ लाई कुन पाठ्यक्रम पठन पाठन गराउने भन्ने समस्या उत्पन्न भएको छ । यो अन्यौल पुस २७ गतेसम्मका लागि लम्बिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४