Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘कर्णाली उत्सव’को दोश्रो संस्करण फागुन अन्तिम साता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १९ २०७७
  • 4.6K
    SHARES

सुर्खेत । फागुन अन्तिम सातादेखि ‘कर्णाली उत्सव’को दोश्रो संस्करण सञ्चालन हुने भएको छ । फागुन २७, २८ र २९ गते तीन दिनसम्म कर्णालीको प्रदेश राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा आयोजना हुने उत्सवमामा ‘कुडा कर्नालीका’ गरिने छ ।

उत्सवमा देशभरबाट ५० बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तिहरुको सहभागितामा कर्णालीको इतिहास, राजनीतिक, आर्थिक, सामाजिक, कला, साहित्य, सांस्कृतिक र ऐतिहासिक पहिचान लगायतका विभिन्न विधामा विमर्श र बहस गरिने उत्सवका संयोजक कमलराज लम्सालले जानकारी दिए ।

संयोजक लम्सालका अनुसार उत्सवमा यहाँको आर्थिक अवसरहरुको खोजी गर्नु, कर्णालीको जनजीवन, इलम र सीपको चर्चा गर्नु, कर्णालीलाई पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्नु नै उत्सवका उद्देश्य हरेको छ ।

ऋति फाउण्डेसनले आयोजना गर्दै आएको उत्सवमा विशेषगरी सरोकारवालासँगको बहसलाई प्राथमिकतता दिइएको छ । बहसमार्फत नै कर्णालीको पहिचान गराइने आयोजकले बताएको छ ।

फागुन अन्तिम साता देशकै ध्यान कर्णालीमा केन्द्रित गर्ने गरि दोश्रो संस्करण तयारी भइरहेको उत्सवका संस्थापक दिनेश गौतमले बताए । ‘उत्सवले कर्णालीको वास्तविकतालाई बाहिर ल्याउनुका साथै देशकै ध्यान कर्णालीमा तान्ने छ । सोही अनुसार तयारी थालेका छौं,’ गौतमले भने ।

२०७६ फागुनबाट सुरु भएको ‘कर्णाली उत्सव’ हरेक वर्ष आयोजना गरिने आयोजकले जनाएको छ । ‘कर्णाली उत्सव विचारको कुम्भ मेला हो । उत्सवमा कर्णालीको पहिचान र सम्भावना केलाइन्छ,’ उत्सवका संयोजक लम्सालले भने, ‘हामी यो प्रत्येक वर्ष गछौं । उत्सव मार्फत समस्याको समाधान खोज्छौै र सरकारलाई जनताप्रति जवाफदेही बनाउने प्रयास गछौं ।’

उत्सवको दोश्रो संस्करणमा थप आकर्षणका केही प्रस्तुतिहरु समेत थप्ने आयोजकले जनाएको छ । जसमा कर्णालीका मौलिक कलाहरुको प्रस्तुति तथा नदेखिएका र नसुनिएका हिरोहरुका कथा पनि रहनेछन् । उत्सवस्थलमा कर्णालीको बृहद् चिनारी झल्काउने सांकेतिक चिन्हहरु पनि रहनेछ ।

कोरोना महामारीलाई मध्यनजर गर्दै भौतिक दुरीको पालनासहित सकेसम्म धेरै दर्शकको प्रत्यक्ष सहभागिता गराउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४