अर्घाखाँची, १९ पुष । उर्जा मन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँची र प्यूठानको सिमानामा पर्ने २ सय ४५ मेगावाट विद्युत क्षमता भएको नौमुरे जलविद्युत आयोजनाको काम सुरु गर्ने बताउनु भएको छ ।
तत्कालीन समयमा एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वि.सं. २०६५ साउन ३१ गते गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भई भारत भम्रणको बेला भारत सरकारले नौमुरेलाई उपहार स्वरुप बनाइदिने प्रतिवद्धता जनाएको थियो ।
तत्कालीन भारतीय विदेश मन्त्री प्रणव मुखर्जीले दाहाल प्रधानमन्त्रीका रुपमा दिल्ली भ्रमणमा गएका बेला उक्त आयोजना उपहार स्वरुप बनाइदिने घोषणा गरेका थिए । प्रचण्ड नेतृत्वको सरकार लामो समय टिक्न नसकेका कारण भारतको प्रतिवद्धता त्यतिबेला त्यतिकै हरायो । अहिले उक्त आयोजनालाई डीपीआर गरेर अगाडि बढाउने गरि काम गर्ने उर्जा मन्त्री टोपबहादुर रायमाझीले बताउनुभयो ।
नेपालमा अहिले बिद्युत उत्पादन खपत हुन सक्ने अबस्था नभएको पनि मन्त्री रायमाझीको भनाइ थियो । उत्पादन भएको बिद्युत बाहिर बिक्रि गर्न नसकेमा अरवौ रकम खेर जाने भन्दै नेपाल सरकारको लगानीमा ट्रान्समिसन लाईन निर्माणको कार्य अगाडि बढाउनु पर्ने धारणा राख्नु भयो ।