Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आयल निगमको भलबारी डिपोमा लोड-अनलोडको लागि नयाँ प्रविधि


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १९ २०७७
  • 5.1K
    SHARES

काठमाडौं । नेपाल आयल निगमको प्रादेशिक कार्यालय भलवारीमा अत्याधुनिक प्रविधि जडान गरेर तेल लोड अनलोड सेड गर्ने कार्य सुरु भएको छ ।

नयाँ प्रविधि जडानपछि ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने प्रादेशिक कार्यालयले जनाएको छ । नयाँ प्रविधि जडानपछि डिपोको क्षमता तीन गुणाले बढेको डिपो प्रमुख प्रलयांकर आचार्यले बताए ।

यसअघि सो कार्यालयबाट ८ घण्टामा ३/४ लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था थियो ।

‘पुरानो प्रविधि मार्फत कामगर्दा दैनिक काम सकाउन रातको ९/१० बजेसम्म कर्मचारी काममा खटिनुपर्नेमा अहिले त्यो समस्या समाधान भएको छ,,’ आचार्यले भने ।

डिपोमार्फत लुम्बिनी प्रदेशका आठ जिल्लामा दैनिक १० देखि ११ लाख लिटर डिजेल र तीन लाख लिटर पेट्रोल बिक्री गर्दै आएको छ ।

नयाँ प्रविधि जडानसँगै बिभिन्न जिल्लाबाट पेट्रोलियम पदार्थ लिन आउने तथा भारतका विभिन्न स्थानबाट पेट्रोलियम पदार्थ लिएर आएका ट्यांकरहरु लोड-अनलोड गर्न घण्टौंसम्म कुर्नुपर्ने समस्या समाधान हुने डिपोले जनजाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४