Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपाप्रति बाबुरामको व्याङ्ग- ‘ठूलो कोठामा सुत्ने झगडामा कुपुत्र/कुपुत्रीले घरमै आगो लगाइदिए’


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १९ २०७७
  • 5.5K
    SHARES

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले दु:ख गरी बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको घर नेकपाभित्रको झगडाले भत्काइदिएको बताउनुभएकाे छ ।

आइतबार सामाजिक सञ्जाल ट्ववीटरमार्फत नेकपाभित्रको विवादतर्फ लक्षित गर्नुहुँदै भट्टराईले ठूलो कोठामा सुत्ने झगडाले घरमै आगो लगाइदिएको उल्लेख गर्नुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गर्नुलाई उहाँले ‘आगो लगाएको’ रूपमा उल्लेख गर्नुभएकाे छ ।

‘एक आर्किटेक्टको अनुभूति:जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो । सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो। केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए।’

उहाँले घरझगडामा छिमेकी भने रमिते बनेको बताउनुभएकाे छ । ‘केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिँदैछन्। छिमेकी रमिते! लौन आगो निभाऊॅ’  उहाँले लेख्नुभएकाे छ ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गर्नुभएकाे थियाे । उक्त कदमको जसपाले विरोध गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४