Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद विघटन साहसिक कदम : बादल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १८ २०७७
  • 15.8K
    SHARES

काठमाडौं । नेकपा ओली समूहका नेता रामबहादुर थापा बादलले संसद विघटन साहसिक कदम भएको बताएका छन् । आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक कू गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने राजनीतिक कदम चालेको उनले बताए ।

ओली समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री समेत रहेका बादलले भने, ‘बाहृय रुपमा प्रतिगमनतिर फर्किए जस्तो देखिएको छ, तर हामी नयाँ उचाईमा पुगेका छौं । सर्बत्र यसको समर्थन भइरहेको छ ।’

आफूहरुको एजेण्डा, विचार, सिद्धान्त र नेतृत्व सही भएको भन्दै ओली समूहका नेता बादलले चुनावमा गएर प्रतिगमनकारीहरुलाई भण्डाफोर गर्नुपर्ने उनले बताए ।

अवसरवादी शक्तिहरुले प्रतिगमनलाई पुनस्र्थापित गर्न नेकपालाई फुटाउने प्रयास भएको उनले बताए । विचार, सिद्धान्तका कारण पदीय महत्वकांक्षाका कारण एउटा गुट अलग भएको भन्दै बादलले भने, ‘यो विभाजनबाट प्रतिगामी अवसरवादी शक्तिहरु उत्साहित भएका छन् । उनीहरुको उत्साह सडकमा देखिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४