Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शिक्षा नीति नै खराब : अध्यक्ष दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २४ २०७४
  • 4.3K
    SHARES

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको शिक्षालाई रोजगारमूलक, उत्पादनमूलक र समुदायको हितसँग जोड्ने खालको बताएका छन् । नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय, शिवनगरको ५४औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा भएको बताएका हुन् ।

नेपालको शिक्षा नीतिका कारण बेरोजगारी बढेको बताउँदै उनले यसलाई परिवर्तन गर्नु आवश्यक रहेको बताए । उनले भने, “एमए पढेका, डिग्री हासिल गरेका हजारौँ हजार युवा विदेशिने क्रम जारी छ । विदेशमा गएर अपमानजनक तरिकाले पनि आर्थिक लाभ लिनुपर्ने अवस्था नेपालीमा रहेको छ । हाम्रो शिक्षा नीति कता–कता बेरोजगार उत्पादन गर्ने जस्तो देखिएको छ ।”

शिक्षा नीतिमा सुधार गरी राज्यको लगानी बढाउनु पर्ने बताउँदै अध्यक्ष दाहालले शिक्षालाई आविष्कार, अनुसन्धान गर्ने एक बृहत् प्रक्रियाका रूपमा अघि नबढाई मुलुकलाई समृद्धितर्फ लान नसकिने बताए । । उनले भने,“आविष्कार गर्ने तरिकाले शिक्षालाई अगाडि लैजानु आवश्यक छ, तर शिक्षामा लगानी बढ्दो होइन, घट्दो क्रममा रहेको छ ।”

उनले उक्त विद्यालयमा प्राविधिक शिक्षाको अध्ययन गराउनका लागि आफूले मन्त्रिपरिषद्बाटै निर्णय गर्न लगाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४