Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महेश बस्नेतलाई गाली गरेको आरोपमा पूर्वप्रहरी पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १६ २०७७
  • 5.8K
    SHARES

काठमाडौं । भक्तपुरका सांसद महेश बस्नेतलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली, गलौज र अभद्र टिप्पणी गरेको अभियोगमा एकजना पूर्वप्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीबाट स्वेच्छिक अवकाश लिएका सहायक निरीक्षक (असई) डिल्लीबहादुर चन्द छन् ।

साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय, बाँकेसँग समन्वय गरेर नेपालगञ्जबाट चन्दलाई मंगलबार पक्राउ गरेको हो । उनीविरुद्ध विद्युतीय अपराध ऐन अनुसार कारबाहीका लागि कानुन व्यवसायीमार्फत जाहेरी परेपछि पक्राउ गरिएको ब्युरोका एसएसपी नविन्द अर्यालले बताए ।

अधिकृतहरुका अनुसार चन्दले बस्नेतलाई सांसद अपहरण प्रकरणमा जोडेर अभद्र टिप्पणी गरेको जाहेरीमा भनिएको छ । थप अनुसन्धान भइरहेको भनिएको छ ।

सांसद बस्नेत, किशान श्रेष्ठ, पूर्वआईजीपी सर्वेन्द्र खनाल लगायतको समूहले समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद सुरेन्द्र यादवलाई काठमाडौं ल्याएका थिए । समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४