Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महालक्ष्मी बैंक अनियमितता प्रकरण : तत्कालीन सुन जाँचकी पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १४ २०७७
  • 3.9K
    SHARES

काठमाडौं । महालक्ष्मी विकास बैंक, कुमारीपाटीमा कमसल धितो राखेर बढी कर्जा प्रवाह गरिएको प्रकरणमा तत्कालीन सुन जाँचकी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पा स्थायी घर भइ काठमाडौं बस्दै आएका पद्यमचन्द्र ज्ञवाली छन् ।

ज्ञवालीले २०६७ सालदेखि ०७७ सालसम्म महालक्ष्मी बैंकमा वरिष्ठ सुन जाँचकीका रुपमा काम गरेका थिए । उनले जागिर छाडेर अर्को कर्मचारी नियुक्त भएपछि कमसल धितो राखेर साढे ७ करोड ऋण प्रवाह भएको भेटिएको थियो ।

प्रकरणमा बैंकका तीन शाखा प्रबन्धक पिंखु पालिखे, स्मृति राणा र अनिलसिंह सिजापतिसहित थप तीन जना ऋणी पक्राउ परिसकेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक सहकुलबहादुर थापाका अनुसार ज्ञवालीलाई काठमाडौंबाट पक्राउ गरेर अनुसन्धान थालिएको छ ।

‘ज्ञवालीमाथि म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने तयारी छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) थापाले अनलाइनखबरसँग भने, ‘ज्ञवालीको बयानबाट कसरी कसमल धितोमा ऋण दिने काम भयो भन्ने विषयमा प्रष्ट होला ।’

ज्ञवालीले महालक्ष्मी बैंकमा काम गर्नुअघि लामो समय नेपाल राष्ट्र बैंकमा क्यासियरका रुपमा काम गरेका थिए । घटनामा संलग्न सबै जनाविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोससुन जाँचकी फेरिएपछि खुलेको थियो महालक्ष्मी बैंकको अनियमितता

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४