Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा प्रचण्ड-माधव समूहकाे देशव्यापी विरोध प्रदर्शन आज


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १४ २०७७
  • 4.7K
    SHARES

काठमाडौँ, १४ पुस । प्रतिनिधि सभा विघटनकाे विराेधमा नेकपा (प्रचण्ड-माधव समूह)ले आज देशव्यापी विरोध प्रदर्शन गर्दै छ । मंगलबार काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुस निकालिने बताइएकाे छ ।

यस समूहले संघीय राजधानी काठमाडौंमा करिब ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको छ । बिहान ११ बजेदेखि उपत्यकाका  नयाँबानेश्वर, लैनचौर, टेकु, कुपन्डोल, चाबहिल, मैतीदेवी र नक्शाल लगायत विभिन्न क्षेत्रबाट जुलुस सुरु हुने जनाइएकाे छ । जुलुसहरू भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जनाइएकाे छ ।

यसैगरी मजदुरहरूकाे जुलुस रत्नपार्कबाट र त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थीहरू जुलुस समेत सुरू हुनेछ । युवाहरूकाे जुलुस भने बागबजारबाट सुरू हुनेछ । साथै उपत्यका आसपासका जिल्लाहरूबाट हुने प्रदर्शन पनि काठमाडौंमा नै केन्द्रित गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर संसद विघटन गरेकाे भन्दै प्रचण्ड-माधव समूह आन्दाेलनमा उत्रिएकाे हाे । यस समूहले असली नेकपा आफू भएकाे र बहुमत केन्द्रीय सदस्यहरू यसै समूहमा रहेकाे दाबी गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४