Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकीमा दुबै समूहले बोलायो नेकपा संसदीय दलको बैठक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १३ २०७७
  • 4.8K
    SHARES

पोखरा । गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको दुबै पक्षले संसदीय दलको बैठक बोलाएका छन् ।

प्रचण्ड–नेपाल पक्षको बैठक सोमबार दिउँसो बसेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले  भने, ‘हामी अहिले बैठकमै छौं । सभामुखबाहेक १२ जना सहभागी हुनुहुन्छ ।’

सभामुख नेत्रनाथ अधिकारी पदीय मर्यादाको हिसाबले बैठकमा सहभागी नभएका हुन् । ओली पक्षको प्रदेश कमिटिको बैठक अहिले चलिरहेको छ । त्यो सकिएपछि संसदीय दलको बैठक बस्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रतिनिधिसभा विघटनको प्रभाव प्रदेशमा पनि देखिएको छ । आजको प्रदेश संसदीय दलको बैठक त्यसैको प्रभाव हो । प्रदेशमा जनमोर्चाको समर्थन पाएपछि ओली समूह बलियो देखिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याउन १५ मत चाहिन्छ ।

गण्डकी प्रदेश सभामा १५ सदस्य भएको कांग्रेससँग मात्र अविश्वास ल्याउने एकल हैसियत छ । कांग्रेस तत्काल अविश्वासको प्रस्ताव ल्याउने पक्षमा नरहेकाले तत्काललाई मुख्यमन्त्री सुरक्षित छन् ।

गण्डकीमा नेकपा (ओली पक्ष) का २७ र प्रचण्ड–नेपाल पक्षका १३ (१२ जना प्रचण्ड र १ जना नेपाल पक्षका), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ जना सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४