Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनसरीमा शान्तिपूर्ण बाहेकका कुनै गतिविधि गर्न नपाइने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १३ २०७७
  • 7.9K
    SHARES

इनरुवा, १३ पुस । सुनसरीमा शान्तिपूर्ण बाहेकका आन्दोलनका कार्यक्रम संचालन गर्न नपाइने भएको छ ।  पछिल्लो राजनीतिक घटनाक्रम सँगै विभिन्न दल र समूहले मुलुकभर आन्दोलन गरि रहँदा सुनसरी प्रशासनले जिल्लामा शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि कार्य गर्न र गराउन नपाइने भनेको छ ।

प्रशासनले सो समवन्धमा जिल्लाका प्रमुख दलबिच छलफल गरी सहमति समेत जुटाएको छ । सर्वपक्षीय बैठकको आयोजना गरेको सुनसरी प्रशासनले कुनै पनि आन्दोलनका कार्य गर्नु परे दलले त्यस अगावै सयम र स्थानको बारेमा जानकारी दिइनु पर्ने भनेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार बैठकमा दलीय प्रमुख तथा प्रतिनिधि बिच विभिन्न बुँदामा सहमति भएको छ ।

जस अनुरुप जिल्लामा आन्दोलनका कुनै पनि कार्य गर्नु परे शान्तिपूर्ण तवरले मात्र गर्न पाइने भनि निर्णय भएको पोखरेलले बताए ।  दलका प्रतिनिधि र प्रशासन बिच भएको छ बुँदे सहमतिमा आन्दोलन गर्दा सडकमा टायर नबाल्ने, तोडफोड नगर्ने, रेलिङ नभाँच्ने जस्ता निर्णय गरिएको छ ।

दलहरु बिच भएको सहमतिमा लोकमार्ग वा सडकमा अवरोध समेत नगरिने भनिएको छ । त्यसका अलावा सुरक्षाकर्मीसँग मर्यादित व्यवहार गरिने समेत उल्लेख गरिएको छ ।

सुनसरी प्रशासनले आन्दोलन र बिरोधका कार्यक्रमलाई शान्तिपूर्ण र मर्यादित तवरले संचालन गर्नकालागि दलीय सहमति जुटाइएको जनाएकोे छ । उसले एकै स्थानमा एक भन्दा बढी कार्यक्रम जुध्ने गरी राख्न नपाइने विषयमा समेत सहमति भएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४