उहाँले मन्त्रालयका कर्मचारीहरु समक्ष राजनीतिकबाट सकेसम्म सेवा र सुनाम कमाउने बाहेक अरु स्वार्थ नरहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु मरो राजनीतिक उद्देश्य नभइ सेवामा समर्पित हो, मलाई सुनाम कमाउनु कमाउनु बाहेक अरु छैन।’
मन्त्री ढकालले राज्य दोहन गरेर आफूले के पाउने भन्दा पनि राज्यलाई समृद्ध बनाउन मैले के सहयोग गर्न सक्छु भन्ने उदेश्य रहेको बताउनु भयो । त्यस्तै मन्त्री ढकालले आबद्ध संस्थाप्रति आफ्नो उपयोगिता कसरी बढाउन सकिन्छ भन्नेमा फराकिलो भएर सोच्न सबैलाई आग्रह गर्नूभयो ।
आफूले सम्हाल्दै गरेको मन्त्रालयको इतिहास गर्भलाग्दो भएपनि केहीले नराम्रो काम गरेकोेले बदनाम भएको मन्त्ती ढकालले बताउनु भयो । बिगतका बदनामबारे अब अध्यायन गरेर सुधारहरु ल्याउने मन्त्री ढकालको भनाइ थियो ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्तालयमा रहुनु भएको मन्त्री ढकाललाई पछिल्लो मन्त्रत्रिपरिषद पुनरगठनमा प्रधानमन्त्तीले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयकयो जिम्मा दिनुभएको थियो । मन्त्री ढकालले आइतबार बाटै मन्त्रालयको जिम्मेवारी लिनु भएको छ ।