Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यी हुन् मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने ३७ सांसद


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १२ २०७७
  • 5.1K
    SHARES

विराटनगर, १२ पौष । प्रदेश नं. १ को प्रदेश सभामा मुख्यमंत्री शेरधन राईविरुद्ध नेकपाका प्रचण्ड-माधव नेपाल समूहमा ३७ जना प्रदेश सांसदहरुको हस्ताक्षर रहेको अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।

निवर्तमान आर्थिक मामिला तथा योजना मंत्री इन्द्र आङ्बो प्रस्तावक रहेको अविश्वास प्रस्ताव प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीलाई हस्तान्तरण गरेका छन् ।

बहुमत सदस्य आफ्ना पक्षमा रहेकाले वर्तमान सरकार अल्पमतमा परेको र संसदीय दलको नेताका रुपमा भीम आचार्यलाई चयन गरिएको समेत जानकारी गराइएको थियो ।

अविश्वास प्रस्ताव दर्ता पछि प्रदेश सांसद इन्द्र आङ्बोले संघिय सरकारले गरेको निर्णयलाई हेर्ने दृष्टिकोण नै फरक रहेकाले नेकपा ओली समूहसँग प्रदेश सरकार गठनमा सहकार्य गर्न नसिकने बताउनुभयो ।

सांसदहरुको टोलीले प्रदेश सभामुख प्रदीपकुमार भण्डारीलाई पनि हस्ताक्षर सहितको अविश्वास प्रस्ताव हस्तान्तरण गर्दै छिटो भन्दा छिटो प्रक्रियामा लगेर राजनैतिक गतिरोध अन्त्य गरिदिन आग्रह गरेका छन् । मुख्यमंत्री शेरधन राई नेतृत्वको प्रदेश सरकार ०७४ फागुन ३ गते गठन भएको थियो । अविश्वासको प्रस्तावमा अबको मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ ।

९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्यको दावी गरिदैं आएको छ। तर, मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा भने ३७ जनाले मात्रै हस्ताक्षर गरेका छन्।

यी हुन् प्रस्तावमा हस्ताक्षर गर्ने सांसद

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४