Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड–नेपाल समुहको आज ७७ वटै जिल्लामा भेला, ओली सरकार विरुद्ध दबाब बढाउँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १२ २०७७
  • 5.6K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको प्रचण्ड नेपाल समुहले आज देशभर अभिमूखिकरण गर्न लागेको हो ।

नेकपाको यो समुहले पर्सी मंगलवार राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्ने जनाएको छ ।

यस्तै, २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुनेछन् । हिजो बसेको उक्त पक्षको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तिब्रता दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसंगै नेकपा दुई समुहमा विभाजित छ । ओली समुह चुनावी रणनीतिमा लागेको छ भने प्रचण्ड–नेपाल समुह सडक आन्दोलनमा केन्द्रित छ ।

दुवै पक्ष आफ्नो समुहलाई आधिकारीक मान्यता दिने लडाईमा केन्द्रीत छन् । दुवै पक्षले आधिकारीकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४