Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपहारको नाममा ठगीको अनुसन्धान गर्दा ३ हुण्डी कारोबारी प्रहरी फन्दामा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २१ २०७४
  • 4.7K
    SHARES

काठमाडौं– बेलायतबाट आफ्नो नामको महङ्गो उपहार दिल्ली हुँदै काठमाडौं आउन लागेको लोभमा ४६ लाख गुमाएका पवि क्षेत्री र लक्ष्मी चपाईंको घटना अनुसन्धान गर्दै जाँदा काठमाडौं प्रहरीले तीनजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सीतापाईला  बस्दै आएका जयराम कार्की, खिचापोखरीस्थित जयदुर्गा ट्रेड इन्टरनेशनलका मेनेजर कृष्णगोपाल अग्रवाल र सिन्धुपाल्चोकका मुस्कान तामाङ रहेका छन् ।

फेसबुकमा साथी बनेका ब्रायन नामका ब्यक्तिले पवि क्षेत्री र लक्ष्मी चपाईलाई बेलायतबाट उपहार पठाइदिन लागेको भन्दै नेपालको नम्बर मागे ।

उनीहरुबाट नम्बर लिएको केही दिनमा नयाँ दिल्लीबाट एक ब्यक्तिले उपहार दिल्ली आईपुगेको र उक्त उपहारको दुईओटा पोकामा जनही ४० हजार पाउण्ड र गरहना समेत भएकोले करबापतको पैसा पठाउन आग्रह गर्दै फोन गरेका थिए ।

‘उनीहरुले महङ्गो उपहारको लोभमा दिल्लीबाट फोनमा भने बमोजिम सितापाईला बस्ने जयराम कार्कीलाई पटक–पटक गरेर ४६ लाख बुझाएको खुल्न आएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले भने, ‘पक्राउ परेका कार्की र कृष्णगोपाल अग्रवाल विशुद्ध हुण्डी कारोबारी हुन्, मुस्कान तामाङलाई हुण्डी मार्फत विदेशमा पैसा पठाउन लाग्दा नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं ।’

पवि र लक्ष्मीले दिएको उक्त रकम जयराम कार्कीले दिल्लीको ब्यक्तिलाई पठाउन भनी सुनसरी धरानस्थायी घर भई हाल काठमाडौँ खिचापोखरीमा जय दुर्गा ट्रेड ईन्टरनेशनल नामक कस्मेकिट होलसेल सञ्चालन गर्दै आएका नारायण अग्रवाललाई दिएका थिए ।

डिएसपी थापाका अनुसार नारायण अग्रवालले उक्त रकम दिल्लीमा रहेका पंकज अग्रवाललाई पठाएका थिए । नारायण अग्रवाल हाल अमेरिका रहेको बताइएको छ । पवि र लक्ष्मीले उपहारको लोभमा ५१ लाख रुपैयाँ गुमाईसकेका छन् ।

आईतबार खिचापोखरीस्थित नारायण अग्रवालको होलसेल पसलमा फेला परेको स्रोत नखुलेको पन्ध्र लाख बैसठ्ठी हजार नगद प्रहरीले बरामद गरेको छ । उक्त पसलमा मेनेजरको रुपमा काम गर्ने कृष्ण गोपाल अग्रवालको मोवाइलमा हुण्डीको कारोबार खुल्ने म्यासेज रहेको बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सिन्धुपाल्चोकका मुस्कान तामाङले स्रोत नखुलेको १० लाख रुपैयाँ राकेश गुप्ताले भने बमोजिम हुण्डीमार्फत विदेश पठाउन लागेका थिए । नेपाल लोजेस्टिक प्रालिका सञ्चालक समेत रहेका राकेश गुप्ता फरार रहेको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४