Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनीका ४ जनाले अस्वीकार गरे ओली समूहको केन्द्रीय सदस्य


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ८ २०७७
  • 5.8K
    SHARES

बुटवल । आफ्नो सहमति नलिइ केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य बनाइएको भन्दै लुम्बिनी प्रदेशका केही नेताहरुले पद अस्वीकार गरेका छन् ।

नवलपरासी पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य भगवतीदेवी भण्डारी, सोही जिल्लाकै पुराना कम्युनिस्ट नेता वृहस्पति अधिकारी, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीलगायतले आफ्नो सहमति बेगर ओली समूहको बैठकले केन्द्रीय सदस्य बनाएको भन्दै असहमति जनाएका छन् ।

दाङका प्रदेश सांसद अमरबहादुर डांगीले पनि केन्द्रीय सदस्य पद अस्वीकार गरेको प्रचण्ड-माधव पक्षको दाबी छ । तर उनको प्रतिक्रिया लिन खोज्दा डांगीले फोन रिसिभ गरेनन् ।

प्रदेश सांसद भण्डारीले आफूलाई नसोधी केन्द्रीय सदस्य मनोनित गरिएको भन्दै केन्द्रीय सदस्य पद स्वीकार्य नभएको बताइन् ।

अर्का नेता अधिकारीले पार्टी वार पारको अवस्थामा पुगेपछिमात्रै निर्णय गर्ने भनेको अवस्थामा आफ्नो सहमति बेगर केन्द्रीय सदस्य बनाइएको बताए । ‘म पर्ख र हेरको अवस्थामा छु, तर ओली पक्षमा गएको होइन,’ उनले प्रष्ट पारे ।

यस्तै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले पनि आफ्नो सहमतिविना केन्द्रीय सदस्य बनाइएको भन्दै पद अस्वीकार गरेकी छन् ।

उपप्रमुख चौधरीले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूसँग सर-सल्लाह तथा पूर्व जानकारीविना केन्द्रीय कमिटी सदस्यमा आफ्नो नाम राखेर सपथका लागि काठमाडौं आमन्त्रण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।

‘ओली समूहले पार्टी विधान र कार्यकर्ताको भावनाविपरीत विस्तार गरेको केन्द्रीय कमिटी सदस्यमा नरहने घोषणा गर्दछ र सीमित व्यक्तिको लाभ र प्रतिष्ठाको लागि सार्वभौम प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिवादी प्रवृत्तिबाट सामाजिक रुपान्तरण सम्भव नभएको मेरो निष्कर्ष छ,’ विज्ञप्तिमा उनले भनेकी छन्, ‘म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मूलधारमैं रहेको जानकारी गराउँदै पार्टीलाई विधि-विधान, प्रक्रियाअनुसार चलाउन नेतृत्वलाई आग्रह गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४