Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टुँडिखेलमा हजारौंले बाचन गरे बुद्ध वचन, बन्ला त विश्व रेकर्ड ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १९ २०७४
  • 12K
    SHARES

काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत मेत सहभागी भएका थिए ।

पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलका अनुसार ७५ हजार आधिकारिक पास लिएर सहभागी भएका थिए । त्यति नै मानिस पास नलिई प्रवेश गरेको भन्दै उनले भने, डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरेका छन् ।’

यसलाई गिनिज बुद्ध अफ दि वर्ल्ड रेकर्डले मान्यता दिन बाँकी छ ।

‘धेरै मानिस एकै ठाउँमा जम्मा भएर एकसाथ पढेको’ रेकर्ड अहिले भारतको नाममा छ । भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता बढेर यो रेकर्ड बनाएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्ध नेपालको लुम्बिनीमा जन्मेको सत्यतामा भ्रम नछर्न विश्व समुदायलाई आग्रह गरे । अझै पनि कतिपय शैक्षिक संस्थाले बुद्धको जन्मबारे भ्रम श्रृजना गर्ने काम गरेको भन्दै उनले विश्वका सबै सरकार, देश र विश्वविद्यालयलाई अब अलमलमा नपर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले हिंसाको बाटो रोज्नेलाई बम बनाउने र अशान्ति तथा आतंक फैलाउने काम छोडेर सम्वृद्ध नेपाल बनाउने काममा योगदान पुर्‍याउन पनि आहृवान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४