उनले आफूहरुले पार्टी विभाजन गर्ने कुनै पनि काम नगरेको र खाली केन्द्रीय समितिको विस्तार गर्ने काम मात्र गरेको बताए ।
मंगलबार नेपाल कम्युनिस्ट पार्टीमा केपी ओली समूहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । त्यस्तै प्रचण्ड-माधव नेपाल समूहले थापाथलीस्थित कार्की पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।
ओली समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठको ठाउँमा प्रदीप ज्ञवालीलाई जिम्मा दिने निर्णय गर्यो भने प्रचण्ड- माधव समूहले अध्यक्ष केपी ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट हटाउने निर्णय गरेको थियो ।
