Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना भाइरसको नयाँ स्वरूपलाई लिएर सर्वत्र चिन्ता बढ्दो, नेपालमा के हाेला ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ७ २०७७
  • 2.5K
    SHARES

एजेन्सी, हालै बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकार (स्वरूप) लाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दै गएकाे छ । नयाँ स्वरूप शक्तिशाली भएकाे भन्दै यसबाट बच्न थुप्रै देशले बेलायत यात्रामा प्रतिबन्ध लगाइरहेका छन् । अहिलेसम्म ४० भन्दा बढी देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् ।

यसका साथै अन्य युराेपेली मुलुक डेनमार्क, इटली र नेदरल्यान्ड्स तथा अस्ट्रेलियामा पनि कोरोना भाइरसको नयाँ प्रकार फेला परेको बताइएकाे छ ।

विज्ञहरूका अनुसार कोरोनाभाइरसको नयाँ प्रकार झन् सङ्क्रामक रहेकाे देखिए पनि थप घातक रहेको प्रमाण भने फेला परेको छैन । बेलायतको र त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउने देशहरूको सूची थपिँदै गर्दा विश्व स्वास्थ्य सङ्गठनले त्यसको जोखिमको सन्दर्भमा ध्यान दिनू भनेको कुरा बिबिसीले लेखेकाे छ ।

फ्रान्स सरकारले त बेलायतबाट आफ्नो देश आउने यात्रु तथा कार्गोमाथि समेत प्रतिबन्ध लगाएको छ, जसका कारण ब्रिटेनको डोभर बन्दरगाहका सेवाहरू प्रभावित भएका छन् । यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसनले व्यापार सेवा पुनः शुरू गर्ने विषयमा फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँसँग कुराकानी गरिरहेको र समस्या चाँडै समाधान हुने बताएका छन् ।

यसैगरी हाम्रै छिमेकी मुलुक भारतले समेत बेलायतबाट हुने यात्रामा कडाइ गरेकाे छ । उता इरान, क्यानडा लगायत अरू थुप्रै मुलुकले पनि बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् ।

काेराेनाकाे नयाँ स्वरूप र थप नयाँ लहरहरू फैलिने चिन्तामा विभिन्न देशहरू रहेका बेला नेपालमा भने यसप्रति लापरबाही झनै बढिरहेकाे छ । पछिल्लाे समय मानिसहरू काेराेनासँग डराउन छाडेकाे भन्दै जनस्वास्थ्य विज्ञहरूले चिन्ता गरिरहेका छन् । मुलुकका सार्वजनिक स्थल एवं यातायातजस्ता सेवा क्षेत्रमा कोरोनाविरुद्ध जनस्वास्थ्यका नियम तथा मापदण्ड पालना हुन छाेडेकाे छ ।

जाडाे याममा कोरोनाभाइरस संक्रमणको जोखिम बढी हुन सक्ने विज्ञहरूले बताइरहँदा र यसकाे जाेखिम हटिनसकेको अवस्थामा  जनस्वास्थ्यको नियमको कडाडका साथ पालना गर्नुपर्छ भन्नेमा मानिसहरू गम्भीर छैनन् । यसले गर्दा नेपालमा काेराेनाकाे नयाँ लहर त फैलने हैन भन्ने चिन्ता व्याप्त छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४