Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंका ५०भन्दा बढी चोकमा उच्च प्रकाश दिने बत्ती जोडिने !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २७ २०७७
  • 6.2K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरमा मुख्य चोकहरुमा उच्च मात्रामा प्रकाश दिनसक्ने बत्तीहरु राख्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले यसै आर्थिक वर्षभित्र करिब ५० वटा मुख्य चोकमा ठूला बत्तीहरु जोड्न लागिएको बताए ।

‘रातमा मुख्य चोकहरुमा पनि पर्याप्त उज्यालो भएन, त्यसैले चोकहरुलाई सुरक्षित बनाउन र शान्ति सुव्यवस्था कायम गराउन यस किसिमको बत्ती जोड्न लागेका हौं,’ उनले भने ।
ज्ञावालीका अनुसार रंगशालाहरुमा प्रयोग हुने खालकै बत्तीहरु मुख्य चोकमा जोड्न लागिएको हो ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य-मुख्य सडकमा नयाँ सडकबत्ती जडान गर्ने योजना बनेको छ । २०७१ सालपछि जोडिएका करिब ४० करोड मूलयका सौर्य सडकबत्ती हटाएर १७ करोडमा बिजुलीबाट बल्ने स्मार्ट बत्ती जोड्न लागिएको हो । सो सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच हस्ताक्षर गरिसकेका छन् ।

सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा करीब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भएको हो । काठमाडौं महानगरपालिकाले ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानीमा यस्ता बत्ती जोड्न लागेका हुन् ।

लागत अनुमान तयार गर्ने, प्रविधिको छनौट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरिवेक्षण गर्ने लगायतका कार्य नेपाल विद्युत प्राधिकरणले गर्नेछ । आयोजनाको निर्माण कार्य पश्चात मर्मत गर्नुपर्ने सडक, फुटपाथ लगायतको मर्मत कार्य सडक विभागले भनिएको छ । सडक विस्तार हुन सक्ने वा विस्तारका योजना भएका सडक लगायत आवश्यकता अनुसारको सडकमा पोल राख्ने स्थानको अनुमति सडक विभागले दिने सहमति छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४