Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकामा पनि पायो फाइजरको खोपले अनुमति


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २७ २०७७
  • 5.9K
    SHARES

एजेन्सी,  । अमेरिकामा पनि कोरोना भाइरसविरुद्ध फाइजर–बायो टेक कम्पनीको खोपले आम सर्वसाधारणलाई लगाउनका लागि अनुमति पाएको छ ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले अमेरिकी समयअनुसार शुक्रबार आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको हो ।फक्स न्यूजका अनुसार पहिलो चरणमा यो खोप अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र जोखिमयुक्त क्षेत्रम काम गर्नेहरुलाई दिइनेछ ।

आउँदो हप्ताबाट खोप शुरु गरिने अपेक्षा गरिएको संघीय अधिकारीले बताएका छन् । यसरी फाइजरको खोपलाई औपचारिक रुपमा अनुमति दिने अमेरिका चौथो राष्ट्र बनेको छ ।यसअघि बेलायत, बहराइन र क्यानडाले आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेका थिए ।

शनिबारसम्ममा अनुमति मिल्ने अनुमान गरिए पनि ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोसले शुक्रबारसम्म अनुमति नदिए एफडिएका कमिशनर स्टेफन हानलाई राजीनामा दिन दबाब दिएका थिए ।

अमेरिका कोभिड–१९ बाट सबैभन्दा बढी मानवीय क्षति ब्यहोर्ने राष्ट्र हो । जहाँ अहिलेसम्म तीन लाख व्यक्तिको मृत्यु भइसकेको छ भने एक करोड ६३ लाख व्यक्ति संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४