Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

७४१४ परीक्षणमा १०४४ जनामा कोरोना संक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २६ २०७७
  • 5.1K
    SHARES

 काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२७१ रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ७१ रहेको छ ।

कहाँ कति संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौमां ४०२, ललितपुरमा १०५, कास्कीमा ४५, मोरङमा ३७, सिराहामा ३६, भक्तपुरमा ३४, झापा र काभ्रेपलाञ्चोकमा २४/२४, अछाममा १९, मकवानपुरमा १६, दाङ, कैलाली र कञ्चनपुरमा १५/१५, पाल्पामा १३ र गोरखामा १० जना संक्रमित भेटिएका छन् ।

त्यस्तै धादिङ, रामेछाप र लमजुङमा ९/९, नवलपरासीमा ८, धनुषा, नुवाकोट, स्याङ्जा, बर्दिया र डडेल्धुरामा ६/६, सिराहा, दोलखा, सिन्धुपाल्चोक र नवलपरासी पूर्वमा ५/५, बाग्लुङ, अर्घाखाँची र सुर्खेतमा ४/४ जना संक्रमित भेटिएका छन् ।

धनकुटा, संखुवासभा, बारा, महोत्तरी, रौतहट, सप्तरी, पर्वत, कपिलवस्तु, गुल्मी, बझाङ र बैतडी ३/३, ओखलढुंगा, सर्लाही, रसुवा, तनहुँ, प्युठान, जुम्ला र सल्यानमा २/२, इलाम, उदयपुर, खोटाङ, सिन्धुली, मुस्ताङ, म्याग्दी, कालीकोट, जाजरकोट र डोटीमा १/१ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४