Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डेपुटी गभर्नरका आकांक्षी : अर्थमन्त्रीका सल्लाहकारदेखि नियमनका प्रमुखसम्म !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २६ २०७७
  • 2.5K
    SHARES

 काठमाडौं । मुलुकको केन्द्रीय बैंकको दोस्रो ठूलो पद डेपुटी गभर्नरका आकांक्षीहरुले शक्तिकेन्द्र रिझाउने कसरत बढाएका छन् । पाँच वर्ष अघि डेपुटी गभर्नर नियुक्त चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको म्याद आगामी १९ फागुनमा सकिदैछ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाटै २ जनालाई गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्छ । अहिले राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक छन् । यीमध्ये पनि नेकपा नेतृत्वको सरकार र नेताहरु निकट रहेका ६ जना कार्यकारी निर्देशक डेपुटी गभर्नरका प्रतिस्पर्धी छन् ।

नेकपामा पनि प्रधानमन्त्री केपी शर्मा ओली वा अर्थमन्त्री विष्णुप्रसाद पौडेल निकटमध्ये दुईजनाले डेपुटी गभर्नर पद पाउनेछन् । ओली पहिलो पटक प्रधानमन्त्री बन्दा झापाका सिवाकोटीले अवसर पाएका थिए ।

त्यसबेला नेपाली कांग्रेस निकट डा. चिरञ्जीबि नेपाल गभर्नर रहेकाले भागबण्डामा तत्कालीन एमालेबाट सिवाकोटी र कांग्रेसबाट श्रेष्ठ डेपुटी गभर्नर नियुक्त भएका थिए । यसपटक नेकपाको एकलौटी सरकार रहेकाले अरुले भाग नपाउने सम्भावना छ ।

अहिले अर्थमन्त्री विष्णुप्रसाद पौडेलका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठदेखि छोटो समय राष्ट्र बैंकको कार्यकारी निर्देशक बनेका बमबहादुर मिश्रसम्म डेपुटी गभर्नरका आकांक्षी छन् । अर्थमन्त्रीका सल्लाहकार श्रेष्ठ पनि राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । लघुवित्त सुपरीवेक्षण विभाग प्रमुख श्रेष्ठलाई पौडेल अर्थमन्त्री भएपछि आर्थिक सल्लाहकार नियुक्त गरिएको हो ।

राष्ट्र बैंकको निर्देशक हुँदा लुम्बिनी प्रदेशको योजना आयोग उपाध्यक्ष रहेका उनी कार्यकारी निर्देशकमा बढुवा भएपछि राजीनामा दिएर आयोगबाट राष्ट्र बैंक फर्किएका थिए । अर्थमन्त्री पौडेलका विश्वासपात्र भएकाले श्रेष्ठको सम्भावना प्रवल रहेको बताइन्छ ।

उनी पछि अर्का बलिया दावेदार देवकुमार ढकाल हुन् । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेका उनको सम्भावना पनि बलियो रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख रहेकी निलम ढुंगाना डेपुटी गभर्नरका अर्की आकांक्षी हुन् । डेपुटी गभर्नरको एउटा कुर्सी समावेशी बनाउने सन्दर्भमा पनि उनलाई बलियो स्पर्धी मानिन्छ ।

आर्थिक अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्ट डेपुटी गभर्नरका अर्का आकांक्षी हुन् । राष्ट्र बैंकको प्रवक्तासमेत रहेका उनी सबैसँग मिल्ने, अध्ययनशील र अनुसन्धानमा अब्बल मानिन्छन् । नियुक्तिको यो ‘हाई टाइम’मा भने डा. भट्ट पितृशोकमा छन् ।

विदेशी विनियम विभाग प्रमुख रहेका कार्यकारी निर्देशक बमबहादुर  मिश्र र भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल पनि डेपुटी गभर्नरको आकांक्षी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४