Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं वरिपरिका हाइकिङ रुट : भद्रगोल व्यवस्थापन !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २६ २०७७
  • 10.1K
    SHARES

काठमाडौं । जडिबुटीका सुजन सुवेदी अघिल्लो शनिबार एक साथीसँग हाइकिङको लागि घरबाट निस्किए । काठमाडौंका अधिकांश हाइकिङ रुटमा हिँडिसकेकाले ललितपुरको लेलेतर्फ लागेका उनीहरु सडक बिस्तारका क्रममा अत्यधिक धुलो भएर तीनपाने डाँडाँतर्फ लागे ।

आफ्ना लागि विलकुल नयाँ हाइकिङ रुटमा न कुनै सूचना केन्द्र थियो न त साइनबोर्ड । बाटोमा भेटिएकाहरुलाई सोध्दै अगाडि बढ्ने क्रममा उनीहरुले खाजा–पानीसम्म किनेर खान पाएनन् ।

हिजोआज हरेक शनिबार स–सानो समूह बनाएर पदयात्रामा निस्कने चलन बढेको छ । उपत्यका वरपरका अधिकांश हाइकिङ रुटमा भिडभाड बढेको छ । तर, उचित व्यवस्थापनको अभावमा फोहोर बढेको छ ।

दुईसाता अगाडि काठमाडौंको कंकाली हाइकिङ गएका सञ्चारकर्मी मोदनाथ ढकाल डाँडामा पुग्दा रमाइलो होइन, दिक्क लागेको बताउँछन् । उनका अनुसार, त्यहाँ भ्यूटावर बनिरहेको छ । त्यहीँ नै पिकनिक स्पट बनाइएको छ ।

‘कंकालीमा जताततै पानीका बोतल, चाउचाउका खोल लगायत फोहर असरल्ल पारिएको छ’, उनी भन्छन्, ‘डाँडामा पुगिसकेपछि एकछिन भुइँमा बसेर सुस्ताउन पनि सिकसिको लाग्ने अवस्था रहेछ ।’

गन्तव्य चम्किए, व्यवस्थापन कसले गर्ने ?

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी काठमाडौं उपत्यका वरिपरिका स्थानीय तहहरुले पाएको पर्यटकीय अवसर उपयोग नभएको ठान्छन् ।

‘धेरैजसो हाइकिङ रुट पहिले तयार पारेर यात्रुलाई आइदिनुस् भनेर आह्वान गर्नुपर्छ । त्यो नचल्न पनि सक्छ’, उनी भन्छन्, ‘तर, काठमाडौं वरिपरिका डाँडाकाँडामा यात्रुहरु आफैं पुगिरहेका छन् । तर, स्थानीयवासी, स्थानीय सरकार र सरोकारवाला निकायहरुको बेवास्ताले गन्तव्यहरु भद्रगोल बन्दै गएका छन् ।’

उनका अनुसार, राम्रो पर्यटकीय गन्तव्यको सम्भावना बोकेका ठाउँहरुमा समान्य सूचनापाटी समेत पाइँदैन । सुवेदी भन्छन्, ‘प्रकृतिले त दिएकै छ, त्यसमा अलिकति लगानी गर्नुपर्छ भन्ने सोच नै पाइँदैन ।’

बढ्दो जोखिम

ललितपुरको फूलचोकी डाँडा जानेहरु दुर्घटनामा पर्नेदेखि जंगलमै हराउनेसम्मका घटना हुने गरेका छन् । २०७५ सालयता मात्र फूलचोकीमा २० जनाभन्दा बढी हराएर खोजी अभियानपछि फेला परेको तथ्यांक प्रहरीसँग छ ।

हिउँ पर्ने समयमा त्यहाँ यात्रुको बढी भिड लाग्छ । पहाडी वनको बाटोमा साइनबोर्ड नभेटेर उल्टोपाल्टो हिँड्दा हराउने समस्या दोहोरिने गरेको छ ।

अर्कोतर्फ अधिकांश हाइकिङ रुटमा दुई पांग्रे सवारीमा युवायुवतीको लर्को लाग्छ । ती ठाउँमा सडकको अवस्था कमजोर भएकाले दुर्घटनाको जोखिम स्वतः बढेको छ । त्यस्ता ठाउँमा कहाँसम्म सवारी साधन लगेर जान पाइने भन्ने नियम बनाउनु पर्ने टानका अध्यक्ष सुवेदी बताउँछन् ।

राष्ट्रिय निकुञ्जभित्रका हाइकिङ रुटहरु भने बाहिरको तुलनामा सफा र सुविधाजनक छन् । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र शिवपुरी, जमाचो लगायत हाइकिङ रुट छन् ।

यी रुटमा निश्चित शुल्क तिर्नुपर्छ । सोहीकारण फोहोरमैला व्यवस्थापनका साथै सिँढी लगायत पूर्वाधार बनाइएका छन् । ठाउँठाउँमा साइनवोर्ड र सूचनापाटीहरु छन् । अन्य रुटमा भने हाइकिङका आधारभूत पूर्वाधार नै नभएको टानका अध्यक्ष सुवेदी बताउँछन् ।

यो पनि पढ्नुहोसरानीकोटबाट काठमाडौं नियाल्दाप्रवर्द्धनको तयारी

नेपाल पर्यटन बोर्डले काठमाडौं उपत्यका आसपासका हाइकिङ रुटलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गरिरहेको छ । बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदी छोटो घुमफिरले लामो यात्रासम्मको योजना बनाउन प्रेरित गर्ने हुनाले वरिपरिका गन्तव्यको प्रवर्द्धन जारी राखेको बताउँछन् ।

टानले पनि हाइकिङ गन्तव्यको सूचनामूलक प्रोफाइल बनाउने तयारी थालेको छ । अब रुट व्यवस्थापनको लागि पनि सरोकारवालासँग समन्वय गर्ने अध्यक्ष सुवेदीले बताए ।

आफ्नो गाउँठाउँ सफा राख्दा पाहुना बढेर आम्दानी पनि बढ्ने विषयमा स्थानीय बढी जागरुक हुनपर्ने उनी बताउँछन् ।

उपत्यका आसपासका व्यस्त केही हाइकिङ रुट

चन्द्रागिरि (भालेश्वर)

फूलचोकी

शिवपुरी

तारेभिर

चम्पादेव

जामाचो

सुन्दरीजल

लाँकुरी भञ्ज्याङ

भट्टेडाँडा

मातातीर्थ

नगरकोट–साँगा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४